प्रिन्शा भईन टोखाको नयाँ जीवितदेवी कुमारी

 २१ चैत्र २०७५, बिहीबार १२:५७   | सुबिन्द्र श्रेष्ठ

न्युज अफ टोखा । टोखाको जीवितदेवी कुमारीमा प्रिन्शा डंगोल नियुक्ति भएको छ । तलेजु मन्दिरका पुजारी तथा आचायजुले विशेष पूजाआजा गरी आधिकारिक रुपमा टोखाको नयाँ कुमारीको रुपमा उनलाई आजबाट नियुक्ति गरिएको हो ।

लाम्ने निवासी सानु बाबु डंगोलकी नातिनि तथा प्रकाश र तुयु डंगोलकी ३ वर्ष २ महिनाकी सुपुत्री प्रिन्शालाई आज विधिवद रुपमा टोखाको जीवित देवी कुमारीको रुपमा प्रतिस्थापना गरिएको टोखा देय् नायो हेमराज श्रेष्ठले बताउनु भयो ।

हालको टोखाको जीवित देवी गणेशका बहिनी आजदेखि कुमारीको रुपमा प्रतिस्थापना भएको हो। देय थकालिका अनुसार उनी हालसम्म प्राप्त जानकारी अनुसार टोखाको २४ ‌औँ कुमारी हुन ।

Facebook Comments

अन्तिम अपडेट: २१ चैत्र २०७५, बिहीबार १२:५७

तपाईको प्रतिक्रिया