मदनको “ऐतिहासिक नगर टोखा” कृति बिमोचन

 ३० चैत्र २०७५, शनिबार १२:१६   | सुबिन्द्र श्रेष्ठ

मदन  श्रेष्ठको “ऐतिहासिक नगर टोखा” नामक सांस्कृतिक अनुसन्धानात्मक कृति बिमोचन गरिएको छ ।
मिर्मिरे बचत तथा ऋण सहकारी संस्था लिमिटेड टोखाले आज विहान कार्यक्रमको आयोजना गरी उक्त कृति बिमोचन गरिएको हो ।

मदन श्रेष्ठद्वारा लिखित पुस्तकमा टोखाको जीवनत संस्कृति, मुर्तअमुर्त सम्पदा, गुठी ,चाड पर्वहरुको  महत्वपूर्ण तथ्य र दस्तावेजहरू सङ्ग्रहित छन् । यो पुस्तक टोखाको सांस्कृतिक अनुसन्धानात्मक कृति मात्र नभई टोखाको साँस्कृतिक सम्पदा तथा भुगोलको जीवन्त दस्तावेज भएको समालोचकहरुको ठम्याइ छ ।

आर्थिक क्रियाकलापमा मात्र सिमित नरहि विभिन्न सामाजिक कार्यमा समेत सक्रिय रहेको मिर्मिरे बचत तथा ऋण सहकारी संस्था लिमिटेड टोखाले उक्त पुस्तक प्रकाशन गरिएको हो ।

Facebook Comments

अन्तिम अपडेट: ३० चैत्र २०७५, शनिबार १२:१६

तपाईको प्रतिक्रिया