‘ऐतिहासिक नगर टोखा’ अनुसन्धानको अर्को ढोका

 ५ बैशाख २०७६, बिहीबार १६:३३   | सुबिन्द्र श्रेष्ठ


यो अन्वेशषणबाट तयार भएको एउटा अक्षरीय दुर्बिन हो । यसबाट अतीतको आश्चर्य लाग्दो उन्नति अवलोकन गर्न सकिन्छ । गुठीको महत्ता र सम्पदाप्रतिको आस्था त छँदै छ । कुनै बेला आर्थिक रुपले सम्पन्न देखिएका गुठीहरु आज आएर किन कमजोर ? अनुसन्धाताले गुनासो मात्र गरेका छैनन् । कमजोर हुनुका कारण समेत खोतलेर सार्वजनिक गरिदिएका छन् ।

पसिनाको खुला पाठशाला थियो उहिले टोखा । यसले मिठो खानेकुरा बनाउँथ्यो । बिर्सन नसकिने पाठ पढाउँथ्यो । हजारौँ वर्षपछिसम्म पनि इतिहास बताइरहन सक्ने सम्पदा निर्माण गर्थ्यो । बस्ती बस्तीमा पुग्थ्यो चाकु । पसिना, सिप,स्वाद, सुगन्ध र जाँगर बाहिर जान्थ्यो । सराहना, प्रशंसा र आम्दानी सञ्चित भएर पनि भित्र आउँथ्यो । क्षेत्रीय तथा राष्ट्रिय रुपमा मात्र होइन देशको सिमानाभन्दा बाहि र टाढाटाढाबाट समेत हुनथ्यो र हुन्छ पनि टोखाको सम्झना । सम्पदालाई सामुन्ने राखेर आज त टोखा विशेष गरी इतिहास पढ्न मन पराउने विद्यार्थी भएको छ । पढ्दै छ आफ्नै पुर्खाको अनुहार । खोज्दै छ आफ्नै अतीत । ठम्याउने प्रयत्न गर्दै छ आफ्नो गौरव । छाम्न खुल्दुली बढाउँदै छ धर्तीमा परेका आफ्ना पूर्वजका सीप र पाखुरीका छापहरु । जमेको इतिहासको तलाउको डिलभन्दा माथिबाट बगेर बाहिर निस्कन खोज्दै छ टोखा छापा, पुस्तक र ग्नन्थ बनेर । यही इतिहास खोज्ने र सपना केलाउने क्रममा हाम्रो सामुन्ने आइपुगेको छ अन्वेषक मदन श्रेष्ठद्वारा लिखित – ‘ऐतिहासिक नगर टोखा’ ।

यसबाट टोखाको मिठो गीत सुनाउने प्रयास भएके छ । मूर्ति, बुट्टा, जात्रा, नाच र संस्कृतिबाट पढिने टोखालाई सूक्ष्म स्पर्श गर्ने जमर्को पनि यसमा गरिएको छ । सम्पदा अनि पर्वबाट परिचित टोखा; अस्तित्वका पारखी तथा खोजकर्ताको बाटो पर्खने टोखा; युवाको पसिनाबाट परिपक्व बन्नेर चाकुबाट चम्किने टोखाका ढुकढुकीहरु छाम्ने प्रउत्न पनि भएको छ । बज्दै गरेका बाजाहरु एक छिन रोकिन्छन् तर समयलाई रित्तो नराखेर फेरि सुरु हुन्छ यहाँ जीवनको सङ्गीत । रोकिएको केही छिनपछि अर्कोपटक बज्न थाल्छन् सांस्कृतिक बाजाहरु हुँदा पनि नौलो । वर्षौवर्ष हेरे पनि फेरि हेर्न इच्छा हुने, पटकपटक छामे पनि फेरि छाम्न मन लाग्ने, निरन्तर सुनिरहे पनि पुनः सुन्न मन भइरहने र लगातार बगिरहे पनि सुगन्धको मात्रा अझ विस्तृत हुन खोजिरहने आफ्ना यिनै विषयलाई केलाएर चाल्दै जीवनका भित्री केस्रा र बिजुला छान्न केन्द्रित छ  प्रस्तुत ग्रन्थ ।


इतिहास कसरी वैभवपूर्ण बन्यो? कति क्रुर थियो? यहाँ लुट्न आउने को को हुन्? कसरी सुरक्षित भयो? कति उदार? कति अनुकरणीय? पुर्खाको वरदानको आयाम आज कत्रो छ? हामी के गरिरहेका छौँ? हाम्रो हिँडाइ कस्तो छ? भोलि कहाँ पुगिँदै? लिखित सामाग्री र यसमा छापिएका प्रमाण सहितका चित्रले यस्ता अनेकौँ प्रश्नका सम्भावित उत्तरहरुसँग हामीलाई सोझै नजिक गराउन खोजेका छन् ।

देश जलिरहेछ २०६१ कवितास्रङ्ग्रहका कवि मदन श्रेष्ठ अहिले अनुसन्धाता तथा इतिहासकारका रुपमा हाम्रा अगाडि आइपुगेका छन् । यिनले इतिहासको विश्लेषण, वयाख्या र संश्लेषणमा जाँगर गरेका छन् । यनले लगातार तयार तयार पारिएको ‘ऐतिहासिक नगर टोखा’ ले प्राचीन कालदेखि नै सुरक्षा खोलिदिएको छ । इतिहास कसरी वैभवपूर्ण बन्यो? कति क्रुर थियो? यहाँ लुट्न आउने को को हुन्? कसरी सुरक्षित भयो? कति उदार? कति अनुकरणीय? पुर्खाको वरदानको आयाम आज कत्रो छ? हामी के गरिरहेका छौँ? हाम्रो हिँडाइ कस्तो छ? भोलि कहाँ पुगिँदै? लिखित सामाग्री र यसमा छापिएका प्रमाण सहितका चित्रले यस्ता अनेकौँ प्रश्नका सम्भावित उत्तरहरुसँग हामीलाई सोझै नजिक गराउन खोजेका छन् । यसमा अनुमान र व्याख्यालाई मात्र ठाउँ दिइएको छैन । यसभित्र इतिहासको कुनामा थन्किएका विषयलाई छानबिन गर्ने सघाउने ऐतिहासिक तथ्यहरु पनि संलग्न छन् । प्राचीन यथार्थको साझी बक्ने सामग्रीहरु र तस्विरतथ्यहरुले समेत अनुसन्धानलाई प्रामाणित बनाउन सघाएका छन् । यसका अतिरिक्त प्रमाणलाई नजिक राखेर लेखिएका चाख लाग्दा एवम् जान्नृपर्ने विषयहरुले टोखालाई पढ्न खोज्ने हामी धेरै पाठकलाई पर्खिरहेका छन् । खुल्दुलीपृर्ण प्रयास, अनुसन्धानप्रतिको धैर्य र आन्तरिक तथर्यलाई खोल्न खोज्ने हुटहुटीबाट खिपिएका ऐतिहासिक तथ्य, बोली पर्खिरहेका सांस्कृतिक यथार्थ र लिपिबद्व हुन छटपटाइरहेका सामाजिक सत्य उघाट्नतर्फ नै पुस्तकको केन्द्रीय विषय उन्मुख छ ।

यो अन्वेशषणबाट तयार भएको एउटा अक्षरीय दुर्बिन हो । यसबाट अतीतको आश्चर्य लाग्दो उन्नति अवलोकन गर्न सकिन्छ । गुठीको महत्ता र सम्पदाप्रतिको आस्था त छँदै छ । कुनै बेला आर्थिक रुपले सम्पन्न देखिएका गुठीहरु आज आएर किन कमजोर ? अनुसन्धाताले गुनासो मात्र गरेका छैनन् । कमजोर हुनुका कारण समेत खोतलेर सार्वजनिक गरिदिएका छन् । यसमा प्राचिन स्मारकलाई आधुनिक निर्माण शैलीमा ढाल्ने विषयमा उठेका प्रश्नहरु छन् । कुचो लगाएर ठाउँमा फ्याँक्नुपर्ने कसिङ्गरलाई सुरक्षित राख्न आश्यक ठान्ने परिवाटीमाथी पनि धेरैलाई च्वास्स घोच्ने गरी प्रश्न उठाइएको छ । केलाउन बाँकी रहेका र दोहोरिएका विषयले पनि यसमा ठाउँ लिएका छन् ।

टोखा आफैमा इतिहासका अनगन्ती वस्तुसत्यहरु उपलब्ध हुने क्षेत्र हो । यसमा समेट्न सकिने सामग्रीहरु प्रशस्तै बाँकी छन्। सँगाल्नुपर्ने विषय धेरै ! त्यसो भएर पनि आजका लागि चाहिँ यही नै पृर्ण हो अर्को कुरा, खोज र अनुसनुधानको भित्तो यही हो र यति मात्र हुन्छ भनेर साँध लगाउन पनि त सकिन्न । फेरि इतिहासको गर्भमै प्रवेश भई उत्साह सहित गहिरो अन्वेषण गर्न र नवीन तथ्य सार्वजनिक गर्न समयले अनुसन्धातालाई पर्खिन छोड्छ र !  वर्तमान प्रयासको विस्तृतिको भित्रि पाटो चाक्लो बाक्लो गहिरो कस्तो र कत्रो छ ? हामी हेछौँ । खोजेर छामेर पडेर अनि लेखेर टुङ्ग्यायन मुस्किल पर्ने असीमित विषयको अनुसन्धानमा संलग्न मदन श्रेष्ठको जाँगर तथा परिश्रमको हार्दिक प्रशंसा !

मदन श्रेष्ठ द्वारा लिखित मिर्मिरे साकोस टोखाद्वारा प्रकाशित ‘ऐतिहासिक नगर टोखा’
(२०७५ चैत्र ३० गते ) नामक पुस्तकबाट साभार
पुस्तकका लागि सम्पर्कः
प्रकाशकः मिर्मिरे साकोस 01 5110048,
मदन श्रेष्ठ लेखक 9841527934 , सानुबाबु श्रेष्ठ 9851015966,
बिक्रम 9841899576,

प्रकाशित मिति : ५ बैशाख २०७६

Facebook Comments

अन्तिम अपडेट: ५ बैशाख २०७६, बिहीबार १६:३३

तपाईको प्रतिक्रिया