रविः राष्ट्रिय ललितकला पुरस्कारबाट सम्मानित

 २ जेष्ठ २०७६, बिहीबार १९:३६   | सुबिन्द्र श्रेष्ठ

यस वर्षको राष्ट्रिय ललितकला पुरस्कारबाट रवि श्रेष्ठ सम्मानित भएको छ ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानद्वारा आयोजित “नवौँ राष्ट्रिय ललितकला प्रदर्शनी-२०७६” मा परम्परागत चित्र विधा अन्तरगत “ज्वतिरुप साक्षात्कार” चित्रकृतिका लागि उनलाई राष्ट्रिय ललितकला पुस्कारबाट सम्मानित गरिएको हो ।

माननीय उपप्रधान एवम् रक्षा मन्त्री इश्वर पोखरेलको प्रमुख आतिथ्यमा बिहिबार नेपाल आर्ट काउन्सिल बबर महलमा भएको “नवौं राष्ट्रिय ललितकला प्रदर्शनी-२०७६” समुद्घाटन समारोहमा उनलाई सम्मान पत्रका साथै साठ्ठी हजार नगद सहित यस वर्षको राष्ट्रिय ललितकला पुरस्कारबाट सम्मानित गरिएको थियो ।

टोखा काठमाडौंबाट परम्परागत चित्र विधामा प्रतिनिधित्व जनाएका उनको यो सफलतालाई सिङ्गो टोखाको ललितकलाको क्षेत्रमा ठुलो उपलब्धीको रुपमा लिन सकिन्छ ।

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान स्थापना दिवसको उपलक्ष्यमा वर्षेनी नेपाल भरीका कलाकृतिहरु संकलन गरी एकै थलोमा प्रदर्शीत गर्ने, नेपाली ललितकलाको विकास गर्ने र ललितकलाको क्षेत्रमा अतुलनीय योगदान पुर्यााएका वरिष्ठ कलाकारहरुको सम्मान गरी नवोदित कलाकारहरुको हौसला बढाउने उद्धेश्यले आयोजना गरिदै आइरहेको प्रदर्शनी तिन हप्तासम्म चलने छ ।

प्रदर्शनीमा देशभरका ४६७ कलाकारहरुका चित्रकला, मूर्तिकला, लोककला, हस्तकला तथा अन्य सृजनात्मक कला लगायत विभिन्न विधाका ५२९ ओटा कलाकृतिका साथै वरिष्ठ कलाकारहरुका अप्रतियोगि कलाकृतिहरु समेत रहेको छ ।

प्रकाशित मिति : २ जेष्ठ २०७६

Facebook Comments

अन्तिम अपडेट: २ जेष्ठ २०७६, बिहीबार १९:३६

तपाईको प्रतिक्रिया