गुठी विधेयकको विरुधमा टोखामा प्रर्दशन

 ३१ जेष्ठ २०७६, शुक्रबार १४:५२   | सुबिन्द्र श्रेष्ठ

गुठी विद्येयकको विरोधमा शुक्रबार टोखामा प्रर्दशन भएको छ ।

टोखाको ससु खय् (सरस्वती चौर)मा  भेला भएका टोखाबासीहरुले सरकारविरुद्ध चर्का नारा लगाउदै टोखा नगर परिक्रमा गरेका थिए ।

ससु खय् बाट सुरुभएको र्‍याली टोखा नगर परिक्रममा पछि बाम्फलमा कोणसभा गरिएको थियो ।

सभामा बोल्ने बक्ताहरुले सरकारले ल्याएको विधेयक नेवारी संस्कृतीमा गम्भिर आघात पुग्ने बताए । विधेयक फिर्ता लिन माग गर्दै सरकार विरुद्ध चर्का नारा लगाइएको थियो । विरोध कार्यक्रममा टोखा नगरपालिकाको विभिन्न वडाबाट समेत जनसहभागिता रहेको थियो ।

उक्त विरोध कार्यक्रम टोखा युवा क्लव, हलिं नेवाः गुथि तोखा, नेवाः ग्वाहालि पुच तोखा, र मूःध्वाखा टोल विकास संस्थाको संयुक्त आयोजनामा भएको थियो ।

Facebook Comments

अन्तिम अपडेट: ३१ जेष्ठ २०७६, शुक्रबार १४:५२

तपाईको प्रतिक्रिया