गुठी विधेयक सच्चिन्छ : प्रधानमन्त्री

 १ असार २०७६, आईतवार ०६:१३   | सुबिन्द्र श्रेष्ठ

काठमाडौँ — प्रधानमन्त्री केपी शर्मा ओलीले गुठी सम्बन्धी विधेयकमा भूलवश केही गल्ती भए सच्याउने बताएका छन् । आइतबार बिहान ८ दिने युराेप भ्रमणबाट फर्केका ओलीले त्रिभुवन विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै गुठी विधेयकलाई लिएर विरोध र आन्दोलन गर्न खोज्नेले ‘चान्स’ नपाउने बताए । 

‘गुठीको नाममा कतिपय ठाउँमा शोषण भएको अवस्था पनि छ । त्यस्ता कुरालाई सम्बोधन गर्न खोजिएको हो सबैतिर हैन । सांस्कृतिक रुपमा जोडिएका गुठीको कुरा बेग्लै हो,’ प्रधानमन्त्री ओलीले भने, ‘सरकार जनतालाई दुखी बनाउन चाहदैन। खुसी भएको हेर्न चाहन्छ।यही कुरालाई लिएर विरोध र आन्दोलन चर्काउन खोज्नेहरुले कुनै ‘चान्स’ आउनेवाला छैन।’

उनी गत जेठ २५ गते भ्रमणमा गएका थिए।प्रधानमन्त्रीकाेलाई विमानस्थलमा स्वागत गर्न उपप्रधानमन्त्री ईश्व पाेखरेल, सभामुख कृष्णबहादुर महरा,नेकपाका नेताहरुलगायत पुगेका थिए।

प्रकाशित मिति : १ असार २०७६, आईतवार 

Facebook Comments

अन्तिम अपडेट: १ असार २०७६, आईतवार ०६:१३

तपाईको प्रतिक्रिया