गुठी विधेयक सम्बन्धि अन्तर्क्रिया सम्पन्न, भोलि हुने बृहत जनप्रदर्शनमा सहभागि हुन आव्हान

 ३ असार २०७६, मंगलवार ०६:०४   | सुबिन्द्र श्रेष्ठ

काठमाडौ, असार
गुठी विधेयकलाई लिएर  काठमाडौं उपत्यका लगायत देशका विभिन्न स्थानमा आन्दोलन झन् झनै चर्किँदै गइरहेको छ । आफ्नो पुर्खौँदेखि चली आएको परम्परालाई मास्न नदिन सक्रिय रूपमा विधेयक खारेजको माग गर्दै निष्पक्ष रूपमा सरसकारको बिरुद्वमा जनता सडकमा उत्रिएको छ ।

विधेय खारेजि गर्नु पर्ने माग सहित दिनहुँ जसो विभिन्न स्थानमा जुलुस प्रदर्शन, मशाल जुलुस तथा सभा सम्मेलन गर्दै आइरहेको छ । आन्दोलनमा कुनै राजनीतिक दवाब र कुनै पार्टीको निर्देशनमा नभई स्वतस्फुर्त रुपमा जनसहभागिता दिनदिनै बर्दै गैरेको छ ।

यसै बीच सरकारले ल्याउन लागेको गुठी विधेयकको बारेमा सचेत गराउने उद्देश्ले नेवाः गुथिः तोखाले आज एक अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ ।

कार्यक्रममा बोल्दै सत्तारुद दलका सासंद जीवन राम श्रेष्ठले सरकारले तत्काल विधेयक फिर्ता लिनु पर्ने बताए । उनले सरोकारवालाहरुसँग बसेर छलफल गरी सबैको हितहुने गरी समृद्ध विधेय निर्माण गर्नु पर्नेमा जोड् दिए ।

नेवाः देय् दबुका अध्यक्ष नरेश ताम्राकारले डलरको प्रभावमा परि सरकारले भूमाफियाहरुलाई पोस्ने उद्देश्यले गुठी विधेयक ल्याउन खोजिएको आरोप लगाए । नेपालको मौलिक परम्परा संस्कृतिलाई सिध्याउने कुचेस्ताले सरकारले ल्याउन लागेको विधेय कुनै पनि हालतमा मान्य नहुने उनले बताए । भोलि मण्डलामा हुने बृहत्त जनप्रदर्शनीमा सहभागि भै विरोधमा उत्रिन आग्रह समेत गरेका थिए ।

टोखा नगरपालिका २ वडाका अध्यक्ष दिपकराज जोशीले गुठी विधेयक सरकारले फिर्ता लिनु पर्ने भन्दै जारी आन्दोलमा एक्यबद्धता जनाउदै  संस्कृति सम्पदा र पहिचानका लागि सिगो टोखा न.पा.२ नम्वर वडा बासिहरुलाई आन्दोलनमा सहभागि हुन आव्हान समेत गरे ।

विधेयकका भित्रि मर्म बुझ्न र बुझाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको नेवाः गुथि तोखाका अध्यक्ष देवराज डंगोलले बताए । भोलि माइति मण्डलामा हुने बृहत्त जन प्रदर्शनीमा सहभागिहुन् सबैलाई आव्हान समेत गरे ।

कार्यक्रममा विभिन्न संस्थासंम्बद्ध व्यक्ति, राजनीतिक दल तथा सर्वराधारणहरुको समेत उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : ३ असार २०७६, मंगलवार 

Facebook Comments

अन्तिम अपडेट: ३ असार २०७६, मंगलवार ०६:०४

तपाईको प्रतिक्रिया