चाैतर्फी दवाबपछि गुठी विधेयक फिर्ता, मण्डलाको प्रदर्शन नरोकिने

 ३ असार २०७६, मंगलवार १५:०३   | सुबिन्द्र श्रेष्ठ

काठमाडौं । गुठी विधेयकको चौतर्फी विरोध सहन नसकेपछि अन्ततः सरकार पछि हटेको छ । 

मंगलवार दिउँसो भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले पत्रकार सम्मेलन गरेर विधेयक फिर्ता लिने निर्णय गरेको जानकारी दिईन ।

उनले विधेयकको विषयमा भ्रम सिर्जना गर्ने, उत्तेजित पार्ने र वातावारण विथोल्ने प्रयास भएकोले सरोकारवाहरुसँग छलफल गरेर मात्र अघि बढ्ने जानकारी दिँदै राष्ट्रिय सभामा पेश भएको सो विधेयक फिर्ता लिएको बताईन ।

सरकारले विधेयक फिर्ता लिएको घोषणा गरेपनि गुठी आन्दोलन जारी रहेको भन्दै बुधवार माईतीघर मण्डलमा आयोजित सभा भने नरोकिने आन्दोलनको संयुक्त मोर्चाले जनाएको छ ।

संयुक्त मोर्चाले भोली हुने सभामा सम्पूर्ण उपत्यकावासीलाई सहभागी हुन आव्हान गरेको छ । मोर्चाले फिर्ता नभई विधेयक खारेजी हुनु पर्ने मोर्चाको माग रहेको छ ।

प्रकाशित मिति : ३ असार २०७६, मंगलवार

Facebook Comments

अन्तिम अपडेट: ३ असार २०७६, मंगलवार १५:०३

तपाईको प्रतिक्रिया