चण्डेश्वरी विद्यालयको नवनिर्मित भवन हस्तान्तरण तथा उद्‍घाटन सम्पन्न

 २१ श्रावण २०७६, मंगलवार ०६:२३   | सुबिन्द्र श्रेष्ठ

टोखा नगरपालिका-२ स्थित श्री चण्डेश्वरी आधारभूत विद्यालको नवनिर्मित भवन हस्तान्तरण तथा उद्घाटन सम्पन्न भएको छ ।

Tokha

सोमबार विद्यालय प्राङ्गणमा एक ‍औपचारिक कार्यक्रम गरी नेपाल सरकार राष्ट्रिय पुननिर्माण प्राधिकरण केन्द्रिय आयोजना कार्यान्वयन इकाई (शिक्षा) जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) काठमाडौँका प्रमुख अर्जुन रायमाजीले निर्माण सम्पन्न प्रमाण पत्र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा कार्यक्रमका सभापति राजेन्द्र श्रेष्ठलाई हस्तान्तरण गरिएको थियो ।

tokha

२०७२ बैशाख १२ गतेको विनाशकारी भूकम्पका कारण क्षतिग्रस्त विद्यालयको भवनको पूर्ननिर्माण कार्यक्रम अन्तर्गत ६९ लाख ८२ हजार ७ सय ९२ लागतमा बनेको दुई तलले चार कोठो भवनको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारी उप प्रमुख ज्ञानमाया डंगोल २ वडाका अध्यक्ष दिपक राज जोशी तथा सदस्य हेराकाजी महर्जनले सामुहिक रुपमा उद्घाटन गरिएको थियो ।

विद्यालयको नयाँ भवनको उद्घाटन पश्चाल बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा नगर प्रमुख प्रकाश अधिकारीले  समय सापेक्ष विद्यालको शैक्षिक गुणस्तर वृद्वि तथा भौतिक पुर्वाधार निर्माणका क्षेत्रमा नगरपालिकाको साथ सहयोग सधै रहिरहने बच्नबद्धता ब्यक्त गरे ।

टोखा नगरपालिकामा रहेको ८ वटा सामुहिक विद्यालयहरु मध्य यस विद्यालको अवस्था नाजुक रहेको भन्दै यसको सुधारका लागि नगरपालिका तथा आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने बताइन ।

नवनिर्मित भवन

विद्यालयलाई ३ वर्षसम्ममा नमुना विद्यालय बनाउने वडाको लक्षय रहेको २ वडाका अध्यक्ष दिपक राज जोशीले कार्यक्रममा बताए । विद्यालयको भौतिक पुर्वाधार लगायतका विषयमा बोल्दै उनले भने- ‘हामी विद्याललाई आवश्यक पर्ने भौतिक पुर्वाधार तथा शैक्षिक सामाग्री जसरी पनि उपब्लध गराउछौँ । तपाई विद्यालयका शिक्षकशिक्षिकहरुले विद्यार्थिहरुलाई गुणस्तरीय शिक्षा दिने तर्फ लाग्नुस् ।‘

उनले विद्यालयको सुधारका लागि विद्यालय, वडा र नगरपालिकाले एकृकीत योजना बनाएर अगाडि बढ्न सकेमा विद्यालयले मुहार फेर्ने कुरामा कुनै शंका नरहेको बताए । यसै वर्ष फेरी अर्को नयाँ भवन बन्ने समेत जानकारी गराए ।

त्यस्तै गरी २ वडाका जनप्रतिनिधि हेरा काजी डंगोलले २ वडामा रहेको एक मात्र सामुदायिक विद्यालय भएकोले  विद्यालको स्तरोन्नतीका लागि नगरपालिकाले विशेष प्राथमिकतामा राखि सहयोग गर्न आग्रह गरेका थिए ।

प्रयाप्त कक्षाकोठाको अभावमा जसोतसो चल्दै आइरको विद्यालयले स्थानीय सरकार तथा दाताहरुबाट प्राप्त भएको साथ र सहयोग प्रति आभार ब्यक्त गर्दै विद्यालयका शिक्षक शिक्षिकाहरु आफ्नो कर्तव्यलाई इमान्दारताका साथ पुरा गर्ने विद्यालयका प्रधानाध्यापाक गोपाल बहादुर कार्कीले प्रतिबद्दता जानाए ।

सहयोगि दाताहरु प्रति आभार ब्यक्त गर्दै कार्यक्रमका सभापति तथा विद्यालय व्यवस्थापन समितिका राजेन्द्र श्रेष्ठले भने – ‘विद्यालयमा विद्यार्थीको संख्या बढाउनु अबको ठुलो चुनौति रहेको छ । यसका लागि विद्यालय परिवार स्थानीय निकाय एक जुट भएर अगाडि बढ्न आवश्यक छ ।‘

विद्यालयको भौतिक पुर्वाधार निर्माण तर्फ हेर्दा निकै ठुलो उपलब्धी हासिल गरेको देखिन्छ । सहयोगि दाताहरुको सहयोग आउने क्रम पनि जारि नै रहेको छ । आधारभूत विद्यालयबाट माध्यामिक स्तरमा स्तोरोन्नति भएको छ । अबको ठुलो चुनौति भनेको समुदायमा विद्यालय प्रति रहेको नकरात्मक धारणा हटाइ विद्यार्थी संख्यामा बृद्दि गर्ने रहेको देखिन्छ ।

उक्त कार्यक्रममा वडाका जनप्रतिनिधि हेराकाजी डंगोल, पञ्च कुमारी श्रेष्ठ, पुर्व गाविस अध्यक्ष कशिनाराय श्रेष्ठ, सहयोगि दाता, नेवाः गुथिका अध्यक्ष तथा सहयोगि दाता देवराज डंगोल, अभिभावक लगायतका उपस्थिति रहेको थियो ।

अपडेट
सोहि दिन मन्टेश्वरीमा अध्ययन गर्ने विद्यार्थीहरुलाई आधुनिक शिक्षा प्रणालिसँगै जोड्दै श्रव्य दृश्य मार्फल सजिलै अध्ययन गर्न टोखा न.पा २ का इन्द्र राज जोशीले ३२ इन्चको एल इ डि टेलिभिजन विद्यालयलाई सहयोग गरिएको छ । त्यस्तै गरी समाजसेवी मनिष जोशीले तत्काल १० ओटा कम्प्युटर विद्यालयलाई सहयोग गरिन लागेको सो कार्यक्रममा जानकारी गराएको थियो ।

Facebook Comments

अन्तिम अपडेट: २१ श्रावण २०७६, मंगलवार ०६:२३

तपाईको प्रतिक्रिया