GUNLA PARWA (गुँला पर्व) | Tokha 2076

 १० भाद्र २०७६, मंगलवार ०७:००   | सुबिन्द्र श्रेष्ठ

मलाई गर्व लाग्छ मेरो परम्परा संस्कार र संस्कृति प्रति । धार्मिक आस्थाको केन्द्र सिलु तिर्थ अर्थात गोसाईँकुण्डमा स्नान गरेर फर्के पछि त्यहाबाट ल्याइएका जल, फूलहरु टोखामा रहेका धार्मिक आस्थाका देवीदेवताहरुलाई चढाउने परम्परा अन्तर्तग सपनतिर्थ गुँला धाः बाजा खलको संयोजनमा सामुहिक रुपमा नगरपरिक्रमा गरियो। जसलाई स्थानिय भाषामा स्वां छा वने‍गु भनिन्छ । टोखाको पवित्र तिर्थस्थल सपनतिर्थ मन्दिर परिसरबाट सुरु भई चण्डेश्वरी भगवती अजिमा गणेशस्थान सरस्वती पिगण द्यः ,नास द्यः हुदै नगर परिक्रमा पश्चात क्वाख (तलेजु भवानि) परिसरमा पुगेर समापन्न हुन्छ । तलेजु परिसरमा पुगे पछि गुँला धाः बाजाका खलःहरुलाई टिका तथा प्रसाद दिने दिने गर्दछ । आफ्नो स्थान परिवेशमा रहेका देवीदेवताहरुलाई नचढाए सम्म आफ्नत जनहरुलाई प्रसाद दिन नहुने मान्यता रहेको छ । यस सिजनमा टोखाबाट सिलु तिर्थमा जानेहरुको संख्या अहिलेसम्मको उच्च मानिएको छ ।

Facebook Comments

अन्तिम अपडेट: १० भाद्र २०७६, मंगलवार ०७:००

तपाईको प्रतिक्रिया