साँस्कृतिक संरक्षित क्षेत्र टोखामा जापानीस् टूर गाइड

 २२ भाद्र २०७६, आईतवार ०७:०४   | सुबिन्द्र श्रेष्ठ

न्युज अफ टोखा  –  “टोखा हिडन ट्रेजर स्टडि टुर” नाम दिएर शानिवार जापानीस् टूर गाइडको एक टोलिले “साँस्कृतिक संरक्षित क्षेत्र टोखा” को मूल बस्तीको अवलोकन गरेका छन् ।

‘जापानीस् ल्याण्ङ्गेज् टूरिस्ट गाइड सोसाइटी’को टोलिले टोखा मिडिया नेटवर्क, न्युज अफ टोखा डट कम, टोखा पर्यटन प्रवर्द्वन तथा सम्वद्वन समिति र टोखा क्यवसँगको सहकार्यमा उक्त अवलोकन गरेको थियो ।

देशको राजधानिमा रहेको पर्यटन व्यवसायको प्रचुर सम्भावना बोकेको ऐतिहासिक बस्ती ओझेलमा पर्नुको कारण र यहाँको वस्तुस्थितिको बारेमा बुझ्न  “टोखा हिडन ट्रेजर स्टडि टुर” नाम दिएर टोखामा अवलोकन गर्ने कार्यक्रम अन्तर्गत जापानीस् टूर गाइडको समुह टोखामा अवलोकन गर्न आएको सोसाइटीका अध्यक्ष उपेन्द्र मान शाक्यले बताए ।

२०२० लाई नेपाल सरकारले नेपाल भ्रमण वर्षको रुपमा मनाउन लागि रहेको बेला यसरी टोखामा पर्यटन व्यवसायिहरु अध्ययन र अवलोकनका लागि आउनु सकरात्मक पक्षको रुपमा लिन सकिन्छ ।

Facebook Comments

अन्तिम अपडेट: २२ भाद्र २०७६, आईतवार ०७:०४

तपाईको प्रतिक्रिया