वर्ल्ड फुटभलि च्याम्पियनसिपमा सहभागि हुन नेपाली टोलि बैंकंक प्रस्तान

 ३० भाद्र २०७६, सोमबार ०८:४२   | सुबिन्द्र श्रेष्ठ

न्युज अफ टोखा, काठमाडौँ । थाइल्यानण्डको बैंकंकमा आयोजना हुने ‘ थाइल्याण्ड वर्ल्ड फुटभलि च्याम्पियनसिप २०१९’ मा सहभागि हुन नेपालका तर्फबाट टोखाको भगवती क्लवको टोलि बैकंक प्रस्तान गरेको छ ।

यही सेप्टेम्वर १८ देखि २१ तारिख सम्म् हुन लागेको “वर्ल्ड फुटभलि च्याम्पियनसिप “ प्रतियोगितामा नेपाल फुटभलि एसोसिएशनको तर्फबाट भगवती क्लबले सहभागिता जनाएको हो । विश्वका विभिन्न देशका क्लबहरूसित भगवती क्लवले प्रतिस्पर्धा गर्नेछ ।

विगतका वर्षहरूमा पनि भियतनाम र मलेसिया जस्ता देशलाई पराजित गरेर जीतको स्वाद चाखिसकेका भगवती क्लवले यसपाली पनि उपलब्धि हासिल गर्ने विश्वास गरिएको छ।

दुई खेलाडी भएर खेल्ने सो फुटभलि प्रतियोगितामा खेलाडीहरूमा बुद् महर्जन र कुमार लवटले प्रतिस्पर्धा गर्नेछन। यसमा कोच निरन्जन डंगोलले सम्हाल्ने छन्, भने टिम म्यानेजर हरि महर्जन रहेका छन् ।विगतको उपलब्धि यसपाली पनि जोगाउन सक्ने हो भन्ने नेपाली फुटभलि खेलाडीको लागि आकर्षक आम्दानीको महत्वपूर्ण ढोका छिट्टै नै खुल्नेछ र त्यसले सम्पूर्ण नेपाली युवाका लागि नै सफल भविष्यको एउटा मार्ग प्राप्त हुनेछ । फुटभलि टोली आज विहान ११ बजे बैकंक प्रस्तान गरेको छ।

Facebook Comments

अन्तिम अपडेट: ३० भाद्र २०७६, सोमबार ०८:४२

तपाईको प्रतिक्रिया