टोखा न.पा २ वडाले सुरु गर्‍यो सवारी दुर्घटना न्यूनीकरण जनचेतना अभियान

 १३ आश्विन २०७६, सोमबार ०८:०७   | सुबिन्द्र श्रेष्ठ

न्युज अफ टोखा, काठमाडौं | बर्दो सवारी दुर्घटनालाई मध्य नजर गर्दै त्यसको न्युनीकरण गर्ने उद्देश्यले टोखा न.पा २ वडा कार्यालयले सवारी दुर्घटना न्यूनीकरण जनचेतना अभियानको थाल्नि गरेको छ ।

नेपाली कांग्रेसका महामन्त्री तथा माननीय डा.शसांक कोईरालाको प्रमुख अतिथिमा “सवारी दुर्घटना न्यूनीकरण जनचेतना तथा शुभकामना आदान प्रदान कार्यक्रम”को आयोजना गर्दै आफ्नो वडामा सवारी दुर्घटना न्यूनीकरण गर्न सडकहरुमा ट्राफिक संकेट वोर्ड राख्ने कार्यको आज विधिवत रुपमा सुरु गरेको हो ।

Tokha

ज्योति बिकास बैंक संगको सहकार्यमा सो ट्राफिक संकेट वोर्ड आवश्यक स्थानहरुमा राखिने २ वडा कार्यलयका अध्यक्ष तथा कार्यक्रममा सभापति दीपकराज जोशीले कार्यक्रममा बताए ।

टोखा नगरपालिकाको मुल सडकको स्तोरोन्नती गर्दै ट्राफिक संकेट राख्नु पर्ने भन्दै उनले भने – सडकहरुको स्तोरोन्नती गर्दै सवारी दुर्घटना न्यनीकरण गर्नका लागि अहिले २ वडाबाट अभियानको रुपमा यो कार्यको थाल्नि भएको छ । अब यसलाई नगरपालिकाले सामाखुशीदेखि झोर लगायत अन्य मुख्य सडकहरुको स्तोरोन्नती गर्दै ट्राफिक संकेट वोर्ड राख्ने कार्य अगाडि बढाउनु आवश्यक छ ।

कार्यक्रमका प्रमुख अतिथि नेपाली कांग्रेसका महामन्त्री तथा माननीय डा.शसांक कोईरालाले दुर्घटना हुनु पुर्व नै बच्ने उपाय अपनाउनु पर्ने भन्दै वडाले गर्न लागेको सामाजिक कार्यको सर्हाना गर्दै सफलताको शुभकामना समेत दिए ।

सडक दुर्घटना न्यूनीकरण गर्न सबै जनप्रतिनिधिहरु लगायत आवश्यक निकायहरुसँग समन्वय गरी अगाडि बढ्ने नगरपालिकाका कार्यकारी नगर प्रमुख प्रकाश अधिकारीले कार्यक्रममा बताए ।

सवारी दुर्घटना न्यनीकरण गर्न सवारी चालकले ट्राफिक नियको पाल्ना गर्नु पर्ने टोखा नगरपालिकाकी उपम्रमुख ज्ञानमाया डंगोलले बताइन । आफु र अरुलाई बचाउँन सुरक्षित रुपमा सवारी चलाउनु पर्नेमा उनले जोड दिइन ।

ज्योति विकस बैंकका कार्यकारी अधिकृत मनोज ज्ञवालीले सामाजिक कार्यमा बैक सधै सहकार्य गर्दै आगाडि बढ्न तयार रहेको बताए ।

औपचारीक कार्यक्रम पछि कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष नगरप्रमुख उपप्रमुखले संयुक्त रुपमा स्वास्थ्य केन्द्र भवन परिसरमा ट्राफिक संकेट वोर्ड राखेर उद्घाटन गरिएको थियो । भोलिबाट वडाको आवश्यक स्थानहरुमा सो ट्राफिक संकेट वोर्ड राखिने छ ।

टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रको हलमा भएको उक्त कार्यक्रममा नगरपालिका विभिन्न वडाका वडा अध्यक्ष, राजनीतिक दल, संघसंस्थाका पदाधिकारी, स्कुलका विद्यार्थी, नेपाल प्रहरी, ट्राफिक प्रहरी,  समाजसेवी लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १३ आश्विन २०७६, सोमबार

Facebook Comments

अन्तिम अपडेट: १३ आश्विन २०७६, सोमबार ०८:०७

तपाईको प्रतिक्रिया