टोखामा दर्शन र कलाको झझल्को दिने खड्ग जात्रा सम्पन्न

 २२ आश्विन २०७६, बुधबार १४:१४   | सुबिन्द्र श्रेष्ठ

न्युज अफ टोखा, टोखा — टाउकोमा सेतो कपडाले बेरिएर र दौरा–सुरुवालमा पनि सेतै रंगमा ठाँटिएका ९६ वर्षीय १२ थकाली कान्छा डंगोल टोखा लायकु दरबार क्षेत्रमा मल्लकालीन खड्ग बोकेर अग्रपंक्तिमा थिए भन्ने पछाडि पट्टि १०३ वर्षकी देय् थकाली तुलसी नारायण श्रेष्ठले सबैको प्रतिनिध गर्दे छत्र ओढाइएका इकलाग टोलबाट सहभागी थिए ।

लगत्तै लस्करमा उभिएका भाई नारायण श्रेष्ठ , श्री बहादुर श्रेष्ठ , कान्छा श्रेष्ठ , कृण्ण बहादुर श्रेष्ठ , आशामरू श्रेष्ठ (८५वर्ष),नारायण श्रेष्ठ (८१),जनक श्रेष्ठ (७९), हेरामान श्रेष्ठ (७८), नारायण श्रेष्ठ (८१), मिमलाल श्रेष्ठ (७६) र भिन्धो श्रेष्ठ एकै लहरमा मानौं सैनिक पोशाक जस्ताले सुसज्जित थिए। सधैं शान्त देखिने ऐतिहासिक नगर टोखा नगर आज एका विहानै अस्वाभिक रूपले ठूलो भीड एकत्रित भएको थियो। टोखावासीहरूको विशाल भीड त्यहॉ उपस्थित थियो। धिमे, प्वो‌ं, बाँसुरी र नाय् खिं बाजाको धुनको मिठास बेग्लै थियो ।

खड्ग जात्रा टोखा

प्रत्येक वर्षकाे पापाकुङ्शा एकादशीका जात्राका अवसरमा टोखा बासिन्दाले मनाउने लाय्कूदरबारबाट बुधबार एकादशीका दिन मनाइने भूइफर्सी (कुभिण्डो) जात्रामा ६ फुटको बाँसलाई पिरामिड आकार दिई त्यस भित्र खड्ग राखी बाहिरबाट सयपत्री फूलले सिंगारी हातले बोकेर सहभागी हुदै गरेका तलेजु क्षेत्रमा देखिएको दृश्य हो यो । ११ सय वर्ष अघिदेखि मनाउँदै आएको यो पर्वमा खड्गले कुभिण्डो काटेर दुर्गा भवानीलाई बली दिने प्रचलन छ।

खड्ग जात्रा टोखा
देय् थकाली तुलसी नारायण श्रेष्ठ (१०३ वर्ष)

चण्डेश्वरी स्थित स्थानीय तलेजुका मूः नाय: हेमराज श्रेष्ठ भन्छन- “किंवदन्ति अनुसार उहिले दानवहरुले देवदेवी तथा मनुष्यहरुलाई अनेक प्रकारले दुःख दिन थालेपछि देउताहरुले त्रिपुरासुन्दरी भगवतीको साथ पाएर भएको देवासु संग्राममा दैत्य नायक महिषासुर राक्षसको बध गरीे राक्षसी दुःखबाट मुक्त गर्न युद्धको साइत जुराई भाद्र पूर्णिमादेखि घनघोर देवासुर संग्राम सुरु गरेका थिए । यसरी देब असुर बीच युद्ध सुरु हुनुअघि देवदेवीहरु पूजा सामग्री साथ निमन्त्रणा र सहयोगको लागि टोखा भगवती भएको ठाँउमा गए र त्यहाँबाट आश्वासन प्राप्त गरेर फर्केर देबयज्ञ गरेको समेत उल्लेख गरेको पाइन्छ ।”


देबयज्ञ भएको स्थानमा आफूलाई परास्त गर्न् दैविक शक्ति आर्जनका लागि देबयज्ञ गरेको सुनेर दानवहरु त्यहाँ आएर विध्न बाधा हाल्दै यज्ञ ध्वस्त गर्न वितण्डा मच्चाउन थाले । दानवहरुको यस्तो कार्यले देवदेवीहरु अत्यन्त क्रुद्ध भए र दानव तथा देवदेवीको बीचमा भीषण युद्ध भयो । युद्धमा शक्तिकी देबी त्रिपुरा सुन्दरी भगवती र उनका छोरा बटकु भैरब सहितको देवसेनाको आक्रमणवाट दानवहरु पराजित भए र विजया दशमीको दिनमा देवदेवीले महिषासुर दैत्यको शिर छेदन गरी दानवहरु संगको युद्धमा विजय हासिल गरे । यसरी देवदेवीले युद्धमा महिषासुरको बध गरी विजय हासिल गरेको सम्झना गर्दै दशैमा टोखा सहरमा खड्ग जात्राको सुरुवात गरिएको स्थानीयको कथन रहेको छ । आज विहान देखि थकालीहरू विभिन्न टोल टोलबाट तलेजुमा भेला भई देवीको आशिर्वाद सहित तलेजुबाट बाहिर निस्केर थने: लाछी वरिपरी घुमेर करिव ७० मिटर तलेजु मन्दिरअगाडि पुग्छ र त्यहाँ गोलाकार रूपमा बसी विधिपूर्वक पुजा गरिन्छ । त्यसपछि थकालीले एक जनालाई त्यहाँ तीन दानवको प्रतीक स्वरुप भूइफर्सी (कुभिण्डो )लाई खड्गले प्रहार गर्न लगाईन्छ। तत्पश्चात थकालीहरू तलेजुमा तँछाड मछाड गरी दौडन थाल्छ । जो पहिलो तलेजुमा पुग्छन सो थकालीले एक भाग बढी भोजन पाउँछन भन्ने यतातिर काटिएको भूईफर्सीलाई हत्याउनको लागि जात्रा हेर्न आएका युवाहरू हानाथाप हुन्छ र त्यहॉ त स- साना युद्ध नै हुन्छ खोस्नको लागि। जसले सो कुभिण्डो हात पार्छ उसले विवाह पछि छोरा पाउछ भन्ने परंपरागत मान्यताले गर्दा हानाथाप चलेको हो।साथैं सो कुभिण्डो अनेक प्रकारले औषधीले भरिपूर्ण हुन्छ भन्ने आम विश्वास रहेको पाईन्छ र यो विधिविधान परम्परालाईे अपनाउने चलन छ ।


जीवित देवी दायाँबाट क्रमश गणेश र कुमारी


जे भए पनि जातिय पहिचान र पुर्खा देखि चल्दै आएको संस्कृति र परम्पराको धरोहरको रुपमा रहेका यस खाले साँस्कुतिक गतिविधिहरुको विस्तृत खोजखवर , अध्ययन अनुसन्धान गरि परम्परादेखि चल्दै आएका जात्राको उचित प्रचार प्रसारका साथ संरक्षण , संबद्र्धन र पर्यटनको रूपमा प्रचार – प्रसार गर्न अहिले तडकारो आवश्यक छ ।

प्रकाशित मिति : २२ आश्विन २०७६, बुधबार

Facebook Comments

अन्तिम अपडेट: २२ आश्विन २०७६, बुधबार १४:१४

तपाईको प्रतिक्रिया