अब टोखा मालपोत कार्यालयमा अनलाइन कारोबार

 १ कार्तिक २०७६, शुक्रबार १५:५३   | सुबिन्द्र श्रेष्ठ

न्युज अफ टोखा, काठमाडौँ । टोखा मालपोत कार्यालयमा आजदेखि डिजिटल प्रणाली अर्थात अनलाइन करोवार सुरु भएको छ ।

आज मालपोत कार्यालयमा एक औपचारिक कार्यक्रम बीच डिजिटल प्रणाली अनलाइन भू-सेवाको शुभारम्भ गरिएको हो । टोखा मालपोत कार्यालय प्रमुख राम प्रसाद ढकालको सभापतित्वमा भएको औपचारिक कार्यक्रममा प्रमुख अतिथि भूमि व्यवस्थापन तथा अभिलेख विभागका आ.इ.टि निर्देशक शिव कुमार पोखरेलले उक्त सेवाको उद्घाटन गरेका थिए ।

अनलइन प्रणाली लागु भए पछि यस पेशमा लागेका व्यवसायीहरुले नेपाल सरकारले टोकिएको रकम धरौति राखेर भू-सेव केन्द्रबाट अनुमति पत्र लिएपछि मात्र सो कार्य गर्न पाउने छन् ।

अनलाइन प्रणाली लागु भएपछि लेखापढि कानून व्यवसायीहरुमा पुर्ण जिम्मेवारीका साथ मालपोत कार्यालयबाट गरिने लिखत लगायत निबेदन हाल साविक. नाम सारी जग्गा रोक्का फुकुवा भू-सेवा केन्द्रबाट अनुमति पत्र लिएका व्यवसायहरुले काम गर्न पाउने भएकोले अब देखि व्यवसायीको कामकागमा ठुलो चुनौतिको विषय बनेको नेपाल लेखापढि कानून व्यवसायी एसोसिएशन टोखा सरस्वती एकाई समितिका अध्यक्ष हिरा काजी श्रेष्ठले बताए ।

नेपाल लेखापढि कानून व्यवसायी एसोसिएशन टोखा सरस्वती एकाई समितिका अध्यक्ष श्रेष्ठले भने –’विगतका दिनहरुमा जसरी सेवाग्राहीहरुलाई इमान्दारिका साथ सेवा दिदै आईरहेका थियौँ यो नयाँ प्रविधि प्रयोग भए पनि लेखापढि कानूनी व्यवसायीहरु आफ्नो इमान्दारितालाई कार्यम गर्दै आझ नयाँ प्रविधिसँग नजिकिएर सेवाग्राहीलाई गुणस्तरीय सेवा दिने छौँ ।’

डिजिटल प्रणालीको भू-सेवा उद्घाटन पहिलो लिखत चण्डेश्वरी कानूनी सेवा तथा नेपाल लेखापढि कानून व्यवसायी एसोसिएशन टोखा सरस्वती एकाई समितिका उपाध्यक्ष श्यामलाल श्रेष्ठ गरेका थिए ।

यो सेवा लागु भए पछि सेवाग्राही लाई सहज भएता पनि लेखापढि कानूनी व्यवसायीहरुलाई निकै चुनौति रहने देखिन्छ ।

उक्त उद्घाटन कार्यक्रममा टोखा मालपोत कार्यालयका अधिकृत बिष्णु प्रसाद गौतम, नापी कार्यालय प्रमुख शैलेन्द्र प्रसाद सिङ् तथा नेपाल लेखापढि कानून व्यवसायी ईकाइका सदस्य लगायत सम्बन्धित व्यवसायीहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : १ कार्तिक २०७६, शुक्रबार 

Facebook Comments

अन्तिम अपडेट: १ कार्तिक २०७६, शुक्रबार १५:५३

तपाईको प्रतिक्रिया