९ गते तलेजु परिसमा नेकपाले विशेष शुभकामना आदनप्रदान कार्यक्रम गर्ने

 ७ कार्तिक २०७६, बिहीबार १७:२७   | सुबिन्द्र श्रेष्ठ

न्युज अफ टोखा, काठमाडौँ । नेपालीहरुको मौलिक पर्वहरु तिहार,  नेपाल संवत ११४० एवम् छठ पर्वको अवसरमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) २ नं. वडा पार्टी कमिटी, टोखा नगरले यहि कार्तिक ९ गते विशेष शुभकामना आदनप्रदान तथा तुच्चा कार्यक्रम आयोजना गर्ने भएको छ । 

कार्तिक ९ गते काग तिहारका दिन विहान ८ बजेबाट टोखा -२ स्थित टोखाको साँस्कृतिक केन्द्र तलेजु मन्दिर परिसरमा हुने शुभकामना आदनप्रदान तथा तुच्चा कार्यक्रममा उप-प्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलको प्रमुख आतिथ्यता रहने कमिटीका अध्यक्ष देवराज डंगोलले बताए ।

शुभकामना आदनप्रदान कार्यक्रममा ३ नम्बर प्रदेश सभासद दीपक निरौला, नारायण सिलवाल, नेपाली काँग्रेसका महामन्त्री शसांकोइराला लगायतका वरिष्ठ एवम् विशिष्ट आतिथिहरू सहभागि रहने जानकारी नेकपा २ वडाका अध्यक्ष देवराज डंगोलले जानकारी दिएका छन् ।

प्रकाशित मिति : ७ कार्तिक २०७६, बिहीबार 

Facebook Comments

अन्तिम अपडेट: ७ कार्तिक २०७६, बिहीबार १७:२७

तपाईको प्रतिक्रिया