न्हूदँ ११४० विविध कार्यक्रम गरि मनाईदै

 ११ कार्तिक २०७६, सोमबार ०३:५६   | सुबिन्द्र श्रेष्ठ

न्युज अफ टोखा,काठमाडौँ । नेपाल सम्वत् ११४० न्हूदँ नयाँ वर्षको स्वागतार्थ नेवाः गुथि तोखाले विविध कार्यक्रम गरि मनाउने भएको छ ।

विगतका वर्षहरुमा  भिंतुना साँस्कृति र्‍याली, नगरस्तरीय नृत्य प्रतियोगिता, साँस्कृतिक भाफा भजन बाजा गुरुहरुलाई सम्मान गर्दै आइरहेको कार्यलाई यसपालि पनि निरन्तर्ता दिइने नेवाः गुथि तोखाले जनाएको छ ।

लक्ष्मिपूजाका दिन (कार्तिक ११ गते) बेलुका तोखा -२ को थनेलाछीमा आत्ममण्ड बनाएर दीपप्रज्वोलनका साथै आतिष्बाजी गरि नेपाल सम्वत् ११४० लाई स्वागत गर्ने कार्यक्रम रहेको  गुथिका महासचिव रमेश नापितले बताए ।

नेपाल सम्वत् ११४० न्हूदँ नयाँ वर्षको पहिलो महिना पहिलो दिन थनेलाछीबाट भिंतुना र्‍याली (शुभकामना र्‍याली) सुरु हुनेछ । पहिलो चरणको कार्यक्रम अन्तर्गत थनेलाछीमा जम्मा भई विहान ८ बजे साँस्कृतिक झाँकी सहित भिंतुना र्‍याली नगरपरिक्रमा गर्दै पुनः थनेलाछीमा आएर समापन्न हुनेछ । जसमा तोखामा रहेको विभिन्न संघसंस्था तथा स्थानीयहरुको सहभागिता रहनेछन् ।

दोस्रो चरणको कार्यक्रम अन्तर्गत दिउँसो ३ बजेदेखि थनेलाछीको दबुःमा साँस्कृतिक कार्यक्रम हुनेछ । जसमा भजन दाफा खलका गुरु तथा नव प्रशिक्षित बाध्यबादकहरुलाई सम्मानपत्र तथा धन्यबाद पत्र प्रदान गर्ने, नृत्य प्रतियोगिता लगायत विविध साँस्कृतिक कार्यक्रम समेत हुने नेवाः गुथि तोखाका अध्यक्ष देवराज डंगोलले जानकारी दिए ।

प्रकाशित मिति : ११ कार्तिक २०७६, सोमबार

Facebook Comments

अन्तिम अपडेट: ११ कार्तिक २०७६, सोमबार ०३:५६

तपाईको प्रतिक्रिया