नेपालको भूभाग फिर्ता गर भन्दै निस्कियो विरोध जुलुस

 ३० कार्तिक २०७६, शनिबार २०:४७   | सुबिन्द्र श्रेष्ठ

काठमाडौँ – भारतले अतिक्रमण गरी कब्जा गरेको नेपाली भूभाग लिपुलेक, लिम्पियाधुरा, कालापानी, सुस्तालगायत फिर्ता गर भन्दै टोखामा विरोध जुलुस निस्केको छ ।

शनिवार विहान नेपाल मजदुर किसान पार्टी, टोखा नगर समितिले भारत विरुद्ध नाराबाजी गर्दै विरोध जुलुस निकालेका हुन । टोखाको गणशस्थान मन्दिर परिसरबाट सुरु भएको विरोध जुलुस नगर परिक्रमा पश्चात पुन सोहि स्थानमा पुगेर विरोध सभामा परिन्त भएको थियो  ।

नेमकिपा टोखा नगर समितिका अध्यक्ष रविन्द्र डंगोलको सभापतित्वमा भएको विरोधसभा कार्यक्रमका प्रमखु अतिथि ३ नम्वर प्रदेशसभा सांसद सुरेन्द्र राज गोसाई, राजवीर डंगोल (पार्टी केन्द्रीय सदस्य), वीर बहादुर डंगोल (काठमाडौँ जिल्ला सदस्य) लगायत वक्ताहरुले आफ्नो मातृभूमि बचाउन सबै नेपाली एक जुट भएर आगाडि बड्न आग्रह गरे ।

नेपालको सूदूरपश्चिमको दार्चुलाको लिपुलेक, लिम्पियाधुरा, कालापानीलगायत क्षेत्रलाई भारतले हालै आफ्नो नक्सामा समेटेपछि नेपालमा भारतविरोधी आन्दोलन चर्किरहेको छ ।

तस्वीरः न्यूज अफ टोखाका लागि NRes Dangol

Facebook Comments

अन्तिम अपडेट: ३० कार्तिक २०७६, शनिबार २०:४७

तपाईको प्रतिक्रिया