सुइरे चौरको कुहिरोमा भेटिईन गोल्ड मेडलिस्ट बिबी :

 १० मंसिर २०७६, मंगलवार १०:४४   | सुबिन्द्र श्रेष्ठ

सुइरे चौरको कुहिरोमा भेटिईन गोल्ड मेडलिस्ट बिबी :

न्यूज अफ टोखा, हिक्मत डंगोल । दुई वर्ष अगाडी प्याराग्लाइडिंगमा गोल्ड मेडल जितेर निकै चर्चामा आएकी थिइन बिबी मगर । त्यही मेडलले उनलाई प्रमुख पाइलटको रूपमा लिइएको थियो। ललितपुरमा जन्मिएकी बिबीलाई त्यहॉको प्रतिनिधिको रूपमा भन्न पाउदा गर्व गर्दथे । त्यो गर्वमा २० वर्षीया नव यौवना पाइलट बिबीले अझै कमी महसुस गर्न दिएको छैन । हालै मात्र बिबीले पोखरा लगायत सोलुखुम्बु क्षेत्रको आसपासमा पाइलट बनेर थुप्रैलाई आकासमा चरी जस्तै उडाई मनमोहक दृश्यावलोकन गराई सकेका छिन।

सबैको मनमा जिज्ञाशा भइरहेको थियो । बिबी कहॉ गईन त? उनी एक्लै कता हराईन त ? जसको उतर कसैसंग पनि थिएन। यही आम मानिसहरूको जिज्ञासालाई मेटाउन आज मंसिर ९ गते नुवाकोटको सुइरे चौरमा बिबीसंग यो पंत्तिकारको साक्षात्कार भएको थियो। झण्डै ३ वर्ष देखि लगातार रूपमा देशको विभिन्न ठाउँमा पाइलट बनेर चुपचाप सबैलाई आकाशमा उडाउँदै आईरहेको थिइन। राजधानी बाहिर प्याराग्लाइडिंगको कमी महसुस भएको बेला टोखा नगरपालिकाको उतरी भेग स्थित सुइरे चौरको डॉडा माथि परीक्षणको पहल भएको छ। सो परीक्षणमा उडने पहिलो व्यक्ति टोखा नगरपालिकाको समाजसेवी मनिराज डंगोल हुनु भएको छ। ‘अहिले मैदानको भिरालोमा ५० मिटर जति सम्याउने काम भएको छ । यो मैदान बनेपछि यहॉ अन्तर्राष्ट्रीय स्तरका प्रतियोगिता सन्चालन गर्न सकिन्छ।’ पाइलट बिबी मगर बताउनु हुन्छ ।

सुइरे चौर हिमाली दृश्यावलोकनको लागि उपयुक्त ठाउँ हो।यहॉबाट गणेश हिमाल तथा कैलाश डॉडा उपत्यका देख्न सकिन्छ । यस ठाउँमा खान तथा बस्नको लागि सम्पूर्ण व्यवस्था छ । यहॉबाट प्याराग्लाडिंग सुरू गरी विभिन्न हिमालहरूको दृश्यावलोकन गर्दे र वनजंगलसित लुकामारी गरी सुरक्षित अवतरण गर्न सकिन्छ । यसैगरि सूर्य चौरको वरिपरीको क्षेत्र माउन्टेन बाइकिंग लागि पनि अति प्रसिद्ध ठाउँ हो। प्राय: सूर्योदय र सूर्यास्तको समयमा यहॉ स्वदेशी र विदेशी पर्यटकहरूको धुइचो लाग्ने गर्दछ।

Facebook Comments

अन्तिम अपडेट: १० मंसिर २०७६, मंगलवार १०:४४

तपाईको प्रतिक्रिया