भगवती क्लवद्वारा स्वर्गीय खेलाडी कर्फ्युको परिवारलाई आर्थिक सहयोग

 २८ मंसिर २०७६, शनिबार १७:४२   | सुबिन्द्र श्रेष्ठ

न्यूज अफ टोखा, टोखा – गत साता भक्तपुरमा फुटबल खेल खेल्दा खेल्दै असमाहिक निधन भएका फुटबल खेलाडी कर्फ्यु रसाईलीको सम्झनामा शनिवार टोखा भगवती क्लवले श्रर्दाञ्जलि कार्यक्रमको आयोजना गरि उनका परिवारलाई आर्थिक सहयोग गरेका छन् ।

भगवती क्लबबाट सी र बी डिभिजन लिगमा फुटबल खेल खेलेका अनुशासित, इमान्दार र प्रतिभाशालि खेलाडी रसाईलिको निधनको खबरले क्लव परिवार, टोखाबासी तथा खेलजगत  नै स्तब्ध र मर्माहत भएको कार्यक्रममा बक्ताहरुले आफ्ना धारणा ब्यक्त गरेका थिए ।

उक्त श्रर्दाञ्जलि कार्यक्रममा क्लबका सदस्यहरुको आर्थिक सहयोगबाट संकलन गरिएको नगद रु. ९५ हजार रुपैँया रकम क्लबका कार्यवाहक अध्यक्ष हरिभक्त श्रेष्ठ तथा कोषाध्यक्ष आर्यन डंगोलले रसाईलीका हजुरआमालाई हस्तान्तरण गरिएको थियो ।

रमाईलीको यो दुखद निधनले अब खेलाडिको सुरक्षा तर्फ पनि क्लब र स्थानीय सरकारले सोच्न अत्यवाश्यक रहेको कार्यक्रमका प्रमुख अतिथि टोखा नगरपालिका २ वडा अध्यक्ष तथा क्लवका पुर्व अध्यक्ष समेत रहेका दिपकराज जोशीले कार्यममा आफ्ना धारणा ब्यक्त गरेका थिए ।

क्लवका कार्यवहाक अध्यक्ष हरिभक्त श्रेष्ठ, निवर्तमान अध्यक्ष निरञ्जन डंगोल पुर्व अध्यक्षहरु रमेश नापित, रामराज जोशीले रसाईलीको सम्झना गर्दै परिवार जनप्रति सम्बेदना दिदै आगामी दिनहरुमा पनि आर्थिक तथा भौतिक सहयोग गर्न क्लब सदैव तयार रहेको बताएका थिए ।

Facebook Comments

अन्तिम अपडेट: २८ मंसिर २०७६, शनिबार १७:४२

तपाईको प्रतिक्रिया