टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रमा २४ सै घण्टा इमरजेन्सी तथा प्रसुती सेवा शुरु

 २ पुष २०७६, बुधबार १३:१५   | सुबिन्द्र श्रेष्ठ

न्यूज अफ टोखा – टोखा नगरपालिका २ वडाको गलय् स्थित टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रमा २४ सै घण्टा इमरजेन्सी तथा प्रसुती सेवा शुरु भएको छ ।

टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्र व्यवस्थापन समितिले मगलबार स्वास्थ्य केन्द्रमा आयोजना गरेको कार्यक्रममा टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले २४ सै घण्टा इमरजेन्सी तथा प्रसुती सेवाको उद्घाटन गर्नुभएको थियो ।

सो अवसरमा कार्यक्रमलाई संबोधन गर्नुहुदै नगर प्रमुख प्रकाश अधिकारीले नगरबासीहरुलाई छिटो, छरितो र प्रभावकारी रुपले स्वास्थ्य सेवा प्रदान गर्न नगरपालिका लागिपरेको बताउदै टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रलाई नगर अस्पताल बनाउने गृहकार्यक भैरहेको समेत बताउनु भएको थियो ।

कार्यक्रममा टोखा नगरपालिकाका उपप्रमुख ज्ञानमाया डंगोलले नगरबासीहरुले स्वास्थ्य केन्द्रबाट प्रदान गरिने सेवा प्रवाहबार गुनासो नआउने गरी स्वास्थ्य केन्द्रबाट गुणस्तरीय रुपमा स्वास्थ्य सेवा प्रदान गर्न चिकित्सक र कर्मचारीहरुलाई आग्रह गर्नुभएको थियो । यस प्राथमिक स्वास्थ्य केन्द्रलाई नगर अस्पताल बनाउन नगरपालिका सक्रिय भएर लागि परेको बताउनुभएको थियो ।

कार्यक्रममा टोखा नगरपालिका २ का वडा अध्यक्ष एवम् टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष दिपक राज जोशीले स्वास्थ्य सेवालाई गुणस्तरीय र प्रभावकारी बनाउन वडा कार्यालय र व्यवस्थापन समिति लागिपरेको बताउदै यस प्राथमिक स्वास्थ्य केन्द्रलाई नगर अस्पताल बनाउका लागि आगामी दिनमा अझ बढि प्रभावकारी रुपले पहल गर्नुपर्ने बताउनुभएको थियो ।

कार्यक्रममा टोखा नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख झुमा मैनाली, टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका पूर्व अध्यक्ष काशिनारायण श्रेष्ठ, प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर सुमन आचार्य, टोखा नगरपालिकाका वडा अध्यक्षहरु जगन्नाथ ढकाल, जोग प्रसाद नेपाल, मधुसुदन पाण्डे र धर्मेन्द्र श्रेष्ठ तथा नगर कार्यपालिका सदस्यहरु कल्पना घिमिरे र शोभा तामाङ लगायत जनप्रतिनिधिहरु, कर्मचारीहरु, चिकित्सकहरु र कर्मचारीहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २ पुष २०७६, बुधबार

Facebook Comments

अन्तिम अपडेट: २ पुष २०७६, बुधबार १३:१५

तपाईको प्रतिक्रिया