उत्साहबर्दक भयो मैत्री अभ्यास खेल:

 २९ माघ २०७६, बुधबार २१:३५   | सुबिन्द्र श्रेष्ठ

काठमाडौं । “हामी यहॉ आक्रमक खेलका लागि आएका हौं , कुनै टाइम पासका लागि हैन।मलाई आज राम्रो नतिजा चाहिन्छ । तिमीहरूले जति चॉडै आफ्नो पोजिशन बदल्न सक्यो त्यति नै प्रभावकारी हुन्छ ।परिस्थिति हेरी पोजिशन र खेल प्रणाली बदल्न सके आज हाम्रो जीत सुनिश्चित छ।” किर्तीपुरको त्रि. वि.वि मैदानमा पुग्दा प्रशिक्षक शैलेश कर्मचार्य आफ्ना खेलाडीहरूलाई यसरी निर्देशन गर्दे थिए।टोखा भगवती क्लबको पहिलो उपस्थितले कीर्तीपुरवासीलाई उतिकै सोचमा पार्ने खालको थियो।त्यसैले होला टोखाको भुतखेल चौरमा बिहान कडा अभ्यास गरेर मैत्री खेल खेल्न दिउँसो बसबाट प्रस्थान गरेका खेलाडीहरूको अनुहारमा मिश्रत भाव प्रस्ट झल्किन्थ्यो।हिड्नु अधि ख्याल ठट्ठा गरे पनि।

“कति जिस्काउनु हुन्छ हौ! म आफ्नो ध्यान खेलमा केन्द्रीत गरिरहेको छु।” डिफेन्डर सम्हाल्ने मौका पाएका तामांग भन्दै थिए।टोखाबाट ४० मिनेटको यात्रा पछि त्रि. वि. वि मैदानमा जाने क्रममा सबै खेलाडीहरू उतिकै शान्त र सोचमग्न थिए। “सॉच्चै ! हामीले आज राम्रो खेल्नुपर्छ “ अर्का डिफ़ेंडर बिष्णुले एकचोटि मात्र मुख खोले।

“बी” डिभिजन लिगका लागि कीर्तिपुरको घाँसे मैदानमा आईपुगेको भगवती क्लवमा सम्मिलित सम्पूर्ण खेलाडी र पदाधिकारीहरूमा दीपेन्द्र, ईश्वरराज ,धर्म र हरिकृष्णका लागि यो भ्रमण नौलो थियो ।भगवती क्लवका खेलाडीहरूले साधारण वार्मअप अभ्यास गर्दा कीर्तिपुरका खेलाडीहरू निकै कौतुहलता पूर्वक हेर्दे थिए।टोखाका ठिट्टाहरू कस्तो फुटबल खेल्छन? उनीहरू बुझ्न चाहान्थे।

प्रशिक्षक शैलेस एकातिर आफ्ना खेलाडीहरूलाई मानसिक रूपले तयार पार्नुको साथै नयॉ रणनीतिको खोजीमा सोचमग्न हुन्थे।तर उनले रक्षात्मक लाइनमा धेरै दवाव नपुगोस भनेर काउन्टर एट्याकका लागि सजन डंगोल र रिजाललाई खेलाउने निधो गरेका थिए।

कीर्तिपुरसंगको पहिलो ५ मिनेट केही अटालिएका देखिन्थे । त्यसपछि अग्रपंतिका खेलाडी सजनले ७ औं मिनेटमा पहिलो गोल गरी भगवतीलाई अग्रता दिलाएका थिए भन्ने दोस्रो हाफमा ७५ औं मिनेटमा कर्नरबाट आएको बललाई हेड गरी आशाले दोब्बर पारे।समग्रमा भगवतीले कीर्तिपुरलाई २-० ले जित्यो ।
खेल सकिएपछि प्रशिक्षक शैलेसले प्रतिक्रिया दिदैं भन्ने- “ हाम्रो केटाहरूले राम्रो खेले।सोचे भन्दा राम्रो खेले। म सन्तुष्ट छु।” हिक्मत डंगोल, न्यूज अफ टोखा

Facebook Comments

अन्तिम अपडेट: २९ माघ २०७६, बुधबार २१:३५

तपाईको प्रतिक्रिया