खोकना र बुङमती जोगाउन काठमाडौंमा वृहत् प्रदर्शनी

 २९ माघ २०७६, बुधबार ०२:३३   | सुबिन्द्र श्रेष्ठ

काठमाडौँ — प्राचीन पुरातात्विक महत्वका बस्ती समाप्त हुने गरी सरकारले विकासका आयोजना अघि बढाएको भन्दै खोकना, बुंगमतीवासीले मंगलबार माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । उनीहरुले ब्यानर, प्लेकार्डसहित प्रदर्शन गरेका हुन् । 

जनसरोकार समिति खोकना, खोकना,बुंगमतीवासी पीडित जनताको आहृवानमा प्रदर्शन गरिएको हो । उनीहरुले ऐतिहासिक, सांस्कृतिक, धार्मिक, पुरात्तविक सम्पदा खोकना र बुंगमतीमा दूर्तमार्ग, बाहिरी चक्रपथ, वागमती करिडोरजस्ता परियोजना सञ्चालन गरेर तिनको अस्तित्व नै मेट्न खोजिएको आरोप लगाएका छन् ।

उक्त क्षेत्रमा आयोजनाहरु सञ्चालन गर्दा स्थानीयको सहमति र सहभागीतामा सर्वपक्षीय निर्णय अनुसार वातावरणीय प्रभाव मूल्यांकन, विस्तृत परियोजना निर्माण गरी व्यवस्थित तरिकाले गर्न सरकारसँग माग गरिएको छ ।

Facebook Comments

अन्तिम अपडेट: २९ माघ २०७६, बुधबार ०२:३३

तपाईको प्रतिक्रिया