डा. जुनु बासुकला रञ्जितकार सहित दुई प्रतिभा पुरस्कृत र तीन स्रष्टा सम्मानित

 २९ माघ २०७६, बुधबार २१:१८   | सुबिन्द्र श्रेष्ठ

डा. जुनु बासुकला रञ्जितकार सहित दुई प्रतिभा पुरस्कृत र तीन स्रष्टा सम्मानित

भक्तपुर– भक्तपुर साहित्यिक समाजले आफ्नो २१ औँ स्थापना दिवसका अवसरमा ३ स्रष्टालाई सम्मान साथै २ प्रतिभालाई पुरस्कृत गरेको छ । सम्मानित हुनेमा गायक रत्न बेहोसी, महाकवि चन्द्र प्रसाद न्यौपाने र सांस्कृतिक लेखक विनोद राज शर्मा हुनुहुन्छ । यसैगरी प्रतिभा पुरस्कारबाट पुरस्कृत हुनेमा डा. जुनु बासुकला रञ्जितकार र साहित्यकार अनिश शाक्य छन् ।

शनिबार भक्तपुरमा आयोजिक कार्यक्रममा प्रमुख अतिथि वरिष्ठ संस्कृतिविद् तथा साहित्यकार तेजेश्वर बाब’ ग्वंगःको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा पुरस्कृत प्रतिभाहरुलाई ५ हजार ५ सय ५५ रुपियाँ सहित प्रमाण–पत्र प्रदान गरिएको थियो ।

Facebook Comments

अन्तिम अपडेट: २९ माघ २०७६, बुधबार २१:१८

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया