राष्ट्रव्यापी खुल्ला ब्याडमिन्टन प्रतियोगिता -२०७६ सम्पन्न

 २९ माघ २०७६, बुधबार २१:१३   | सुबिन्द्र श्रेष्ठ

राष्ट्रव्यापी खुल्ला ब्याडमिन्टन प्रतियोगिता -२०७६ सम्पन्न

काठमाडौं । टोखा फिटनेश एण्ड रिक्रियशन सेन्टर प्रा.लि. द्वारा आयोजित राष्ट्रव्यापी खुल्ला ब्याडमिन्टन प्रतियोगिता -२०७६ सम्पन्न भएको छ । यही माघ २२, २३ र २५ गते तीन दिनसम्म चलेको प्रतियोगिता शनिवार समापन भएको हो ।

समापन कार्यक्रमका प्रमुख अतिथि रिपोर्टर्स क्लब नेपालमा सभापति एवम् प्राईम टाईम्स टेलिभिजनका अध्यक्ष ऋषि धमलाले प्रतियोगिताका विजेता खेलाडीहरुलाई पदक, प्रमाणपत्र र पुरस्कार राशी वितरण गरेका थिए । धर्मेन्द्र श्रेष्ठको अध्यक्षतामा आयोजित उक्त प्रतियोगितामा मेन्स सिंगल ‘ए’ तर्फ विजेता प्रफुल महर्जन (त्रिभुवन आर्मी क्लब), फस्ट रनरअपमा विधान अधिकारी (पोखरा), सेकेण्ड रनरअप रुकेश महर्जन (त्रिभुवन आर्मी क्लब) र विशाल खड्का (पोखरा) विजेता भएका थिए ।

त्यस्तै, मेन्स डबल ‘बी’ तर्फ सुरोज महर्जन र पविन लिन्थेप (त्रिभुवन आर्मी क्लब) विजेता भएका थिए । त्यो यो समूहमा फस्ट रनरअपमा प्रियांशु सिंह क्षेत्री र पेम्वा शेर्पा (टोखा बि.ए.) र सेकेण्ड रनरअपमा विशाख खड्का र विधान अधिकारी (पोखरा) र ईन्द्र महत र दिपक राणा (टोखा) थिए ।

प्रतियोगिताका विजेताहरुलाई पत्रकार धमलाले पुरस्कार राशि प्रदान गरेका थिए । कार्यक्रममा सम्बोधन गर्दै पत्रकार धमलाले पछिल्लो समय नेपालमा ब्याडमिन्टन खेलको क्रेज ह्वात्तै बढेको सुनाए । उनले भने,‘अहिले ब्याडमिन्टप्रति क्रेज बढेको छ । यो खेल स्वास्थ्यको दृष्टिकोणले पनि धेरै राम्रो र उपयोगी छ ।’ नेपालका ब्याडमिन्टन खेलाडीहरुले देशलाई चिनाउने कामसमेत गरेको उनले सुनाए ।

उक्त प्रतियोगिता सञ्चालनको लागि टोखा नगरपालिकाको सहयोग रहेको थियो भने कृषि विकास बैंक लिमिटेड, ज्योति विकास बैंक लि. र मुक्तिनाथ विकास बैंक लि.को प्रायोजन थियो । त्यस्तै प्रतियोगिताको मिडिया पार्टनर भने प्राइम टाईम्स टेलिभिजन रहेको थियो ।

Facebook Comments

अन्तिम अपडेट: २९ माघ २०७६, बुधबार २१:१३

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया