पत्रकारितामा अमूल्य योगदान पुर्याए बापत तीन पत्रकार सम्मानित
३० चैत्र २०७७, सोमबार ०७:२४
काठमाडौं – राष्ट्र निर्माणमा युवाहरुको सहभागिताका लागि साहित्यमार्फत् सम्पूर्ण युवाशक्तिलाई एकै ठाउँमा ल्याउने उदेश्यका साथ ‘बन्दैछ मेरो देश, सहभागीता मेरो पनि’ भन्ने मूल नाराका साथ न्हुजः पुस्तकालय टोखाको आयोजनामा देशव्यापी ‘न्हुजः राष्ट्रिय युवा कविता प्रतियोगिता-२०७६’ सम्पन्न भएको छ ।
नयाँ किरण समूह (न्हुजः पुस्तकालय) र टोखा नगरपालिकाले संयुक्त रुपमा आज राष्ट्रिय सभागृहमा आयोजना गरेको राष्ट्रिय युवा कविता प्रतियोगिताका विजयीहरुलाई पुरस्कार वितरण गर्दै उपप्रधानमन्त्री पोखरेलले राजनीतिक उपलब्धीपछि सामाजिक स्वतन्त्रता बढ्दै गएकाले युवाहरु जुटेर आर्थिक विकास गर्ने समय आएको बताउनुभयो ।
आज आयोजना गरेको राष्ट्रिय युवा कविता प्रतियोगितामा अर्घाखाँचीका किशोर आचार्य प्रथम भएका थिए । आचार्यको ‘देश बाहिरबाट देश’ शीर्षकको कविताले प्रथम स्थान हासिल गरेको हो । प्रतियोगितामा झापाका केशव भट्टराई द्वितीय र उदयपुरका जीवन आरोही तृतीय हुनाका साथै पोखराका प्रकाश आचार्य, रौतहटका मनोजकुमार विश्वकर्मा र काठमाडौँ बत्तीसपुतलीका सुनिता भेटवालले सान्त्वना स्थान हासिल गरे ।
प्रतियोगितामा प्रथम हुनेलाई रु ५० हजार, द्वितीयलाई रु २० हजार, तृतीयलाई रु ३० हजार र सान्त्वना पाउनेलाई रु १० हजारसहित सम्मानपत्र प्रदान गरियो । प्रतियोगितामा एक सय प्रतिस्पर्धीले भाग लिएका थिए । तीमध्येबाट प्रथम चरणमा ५०, द्वितीय चरणमा २५, तृतीय चरणमा १५ गर्दै चौथो चरणमा १५ जनाबाट उत्कृष्ट छ छनोट गरिएको हो ।
कार्यक्रममा टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले साहित्य राजनीतिभन्दा माथि हुने भएकाले स्रष्टाहरुले जनप्रतिनिधिहरुलाई खबरदारी गर्नुपर्नेमा जोड दिनुभयो ।
नयाँ किरण समूह (न्हुजः पुस्तकालय)का अध्यक्ष दिपेन्द्र श्रेष्ठले राष्ट्र निर्माणमा युवाहरुको सहभागिताका लागि साहित्यमार्फत् सम्पूर्ण युवाशक्तिलाई एकै ठाउँमा ल्याउने उदेश्यले प्रतियोगिता आयोजना गरिएको जानकारी दिनुभयो ।
सो प्रतियोगितामा देशभरबाट १६० जनाले सहभागिता जाएको थियो । तीमध्य १०० जनालाई काठमाडौँ बोलाइएको थियो । १०० जनाको कविता मध्यबाट निर्णायक मण्डलले चयन गरेको ३१ वटा उत्कृष्ट कविताहरु आजको कार्यक्रममा वाचन गरिएको थियो ।
न्हुजः खलः (नयाँ किरण समूह)को गत मंसिर २९ को अधिवेशनबाट निर्वाचित नव पदाधिकारीहरुले जिम्मेवारी सम्हाले लगतै राष्ट्रिय स्तरको कविता प्रतियोगिता आयोजना गरिएको हो । आफ्नो संस्थालाई सिमित स्थानमा मात्र नराखि देशभर परिचित गर्दै अगाडि बढ्ने महोत्वकांक्षीका साथ आयोजित यस प्रतियोगितासँगसँगै विभिन्न चरणका कार्यक्रम समेत गरेका थिए ।
फागुन ९ गते देशका विभिन्न स्थानबाट प्रतियोगितामा सहभागिता जानाउन आएका सहभागिहरुलाई टोखामा स्वागत गर्दै टोखा अवलोकन गराएका थिए । टोखा सांस्कृतिक संरक्षण क्षेत्र विकास समितिका अध्यक्ष गणेशमान श्रेष्ठ तथा संस्थाका संस्थापक सचिव तथा पूर्व अध्यक्ष नन्दलाल श्रेष्ठ लगाएले अवलोकनको सहजकर्ताको भूमिका निर्वाव रहेका थिए । साथै नेवाः गुथिः तोखाले तलेजु मनदिर परिसरमा ‘नेवारी सुकु भ्वयेँ ‘ रात्रीकालिन भोजको आयोजना गरिएको थियो।
त्यस्तै फागुन १० गते प्रतियोगिहरुका साथै टोखा नगरपालिकाका ११ वटै वडाबाट १०/१० जना सहभागि गराएर युवा कार्यशाला समेत गरिएको थियो । बुढानिलकण्ठ स्कुलमा भएको सो कार्यशालामा माधव ढुङ्गेल, स्नेह सायमी, प्राध्यापक डा. युवराज संग्रैला डा. मिन बहादुर शाही र युवा मन्त्री जगत बहादुर सुनारले आफ्ना सान्दार्भिक विषयवस्तुमा कार्यपत्र पेश गरेका थिए ।
३० चैत्र २०७७, सोमबार ०७:२४
२५ चैत्र २०७७, बुधबार १८:४९
२१ चैत्र २०७७, शनिबार ०८:३८
१९ चैत्र २०७७, बिहीबार २१:०१
१९ चैत्र २०७७, बिहीबार १७:४१
१७ चैत्र २०७७, मंगलवार ०९:५९
१६ चैत्र २०७७, सोमबार २०:२९
१६ चैत्र २०७७, सोमबार १५:३२
१६ चैत्र २०७७, सोमबार १०:३५
१३ चैत्र २०७७, शुक्रबार १२:००