तीनजना ज्येष्ठ सञ्चारकर्मीलाई अभिनन्दन र तीन सञ्चारगृहलाई सम्मान

 १८ फाल्गुन २०७६, आईतवार १८:१७   | सुबिन्द्र श्रेष्ठ

काठमाडौँ। तीनजना ज्येष्ठ पत्रकार सञ्चारकर्मी तथा समाजसेवीहरु मदनदास श्रेष्ठ, राजाराम श्रेष्ठ र कृष्णा ताम्राकारलाई अभिनन्दन गरिएको छ ।
नेवाः पत्रकार तथा सञ्चारकर्मीहरुहरुलाई आपत विपतमा सहयोग गर्न श्रमजीवीहरुद्वारा गठित नेवाः पत्रकार कोषको सहयोगमा नेवाः प्रेस दबू नेपाःको आयोजनामा गरिएको कार्यक्रममा नेवाः सञ्चारका क्षेत्रमा लामो समयदेखि योगदान पुर्‍याउदै आएका तीनवटा सञ्चार गृहहरु छापातर्फ ‘‘न्हू प्रेष्टिज नेपाः” मासिक, उज्यालो रेडियो नेटवर्कको ‘‘लहना” ज्याझ्वः र ‘‘नेपाल मण्डल” टेलिभिजनलाई पनि सम्मान गरिएको थियो ।

पूर्व प्रधानमन्त्री तथा साहित्यकार लोकेन्द्र बहादुर चन्दको प्रमुख आतिथ्य तथा शहरी विकास केन्द्रीय राज्यमन्त्री रामवीर मानन्धरको विशेष आतिथ्यतामा सम्पन्न कार्यक्रममा बागमती प्रदेशका सभासदहरु जीवन डंगोल र पशुपती चौलागाईका साथै इञ्जिनीयर राजदास श्रेष्ठले पनि शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।


काठमाडौंको कान्तिपथस्थित होटल उलो पेगोडामा दबूका अध्यक्ष नरेन्द्र श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कोषका अध्यक्ष कुमार रञ्जितले स्वागत साथै पवनलाल श्रेष्ठले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।


टोखाको इन्द्रायणी दापा खलः र सहलुबि दापा खलःको सांगीतिक प्रस्तुति रहेको कार्यक्रममा टोखाको चाकु वितरण पनि गरिएको थियो भने ई. श्रेष्ठले कोषलाई पाँच हजार रुपियाँ प्रदान गर्नुभएको थियो ।

Facebook Comments

अन्तिम अपडेट: १८ फाल्गुन २०७६, आईतवार १८:१७

तपाईको प्रतिक्रिया