आरसीटी, टोखा भगवतीसंग बराबरीमा रोकिए

 २३ फाल्गुन २०७६, शुक्रबार ०२:०३   | सुबिन्द्र श्रेष्ठ

आरसीटी, टोखा भगवतीसंग बराबरीमा रोकिए

काठमाडौं । स्ट्राइकर सजनलाई पुरा आराम दिइएको खेलमा बुधवार टोखा भगवती क्लबले बलियो आरसिटीलाई गोल रहित बराबरीमा रोक्दै अँक बॉडेको छ।बराबरीको बाबजुद पनि टोखा भगवती कल्बले १ अंक प्राप्त गरी ४ प्वाइंट बनाउन सफल भएको छ भन्ने आरसीटीले १ अंक हासिल गर्न सक्यो ।

खेल शुरू भएको आठौं मिनेटमा आरसिटीका १० नम्बर स्ट्राइकर खेलाडीले गोल गर्ने मौका पाएका थिए तर उनले सही दिशा दिन नसक्दा भगवतीका गोल किपर अमानत शेखले आकर्षक बचाउ गर्दे संकट टारेका थिए।यस्तै गरी भगवती क्लबका ११ नम्बरका खेलाडी प्रज्वलको प्रहार पोस्ट भन्दा बाहिर गयो ।खेलको शुरूवात देखि नै भगवती क्लबलाई दबाबमा राखे पनि आरसिटी पटक -पटक गोल गर्न असफल भएको थियो।खेलको २३ औं मिनेटमा भगवतीका मिड फिल्डर प्रदीपले गरेको ट्याकल फल भएपछि उनले पहेंलो कार्डको सामना गरे।यसपछि आरसिटीले फ्री- किक पाएको थियो ।आरसिटीका १० नम्बर खेलाडीले गरेको प्रहार गोलपोष्ट भन्दा निकै माथि गयो।

खेलको ३२ औं मिनेटमा भगवतीका ७ नंबर स्ट्राइकर नवराजले गोल गर्ने अग्रता पाएको थियो तर उनले सही रूपमा फ़िनिशिंग गर्न सकेनन।यस्तै गरी खेलको ३७ औं मिनेटमा उनले अर्को मौका पाएको थियो यसपटक पनि उनी गोल गर्न चुके।खेलको ३९ औं मिनेटमा आरसिटीका खेलाडी अजितले भगवतीका आशिषलाई लड़ाए वापत पहेलो कार्ड पाएको थियो।खेलको पहिलो हाफमा २ मिनेट थप गरिएको थियो। तर दुबै टोलीले गोल गर्न नसक्दा पहिलो हाफ गोल रहित बराबरीमा टुंगिएको थियो।

दोस्रो हाफमा दुवै टोली गोल गर्न आक्रमक भएको थियो।वास्तवमै रोमान्चक रहयो।भगवतीले आशा देखायो ।६७ औं मिनेटमा रेफ्री सुमन घिमिरेको विरोध गर्दा आरसिटीका २० नंबर खेलाडी विश्व थापाले पहेलो कार्ड पाए।खेलको ८९ औं मिनेटमा आरसिटीका खेलाडी ९ नम्बकले प्रहार गरेको बललाई किपर शेखले पन्च गर्दे बचाएको थियो।खेलको अन्त्यमा “म्यान अफ दि म्याच” आरसिटीका डिफेन्डर कृष्ण कुँवर भए। उनलाई राष्ट्रीय खेलाडी अन्नत थापाले ५ हज़ार नगद सहित पुरस्कृत गरिएको थियो।

“योजना खेल जित्ने थियो।तर बराबरीमा टुंगियो ।म खेललाई बयान गर्न सक्दिन।म अलिकति निराश पनि छु।खेल प्रतिको पागलपन लगायत सबै पक्षलाई फर्केर विश्लेषण गर्नुपर्छ ।मेरो विचारमा हामी रमाईलो गराउन यहॉ थियौं।” भगवती क्लबका प्रशिक्षक शैलेस कर्माचार्यले भने।

Facebook Comments

अन्तिम अपडेट: २३ फाल्गुन २०७६, शुक्रबार ०२:०३

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया