एकै दिन दुईवटा मोटरसाइकल चोरी

 २७ फाल्गुन २०७६, मंगलवार १०:४१   | सुबिन्द्र श्रेष्ठ

काठमाडौँ । गए राती टोखाबाट दुईवटा मोटरसाइकल चोरी भएको छ । दुःखद संयोग केहो भने चोरी भएको दुबै मोटोरसाइकलको मालिकको नाम राजेन्द्र श्रेष्ठ रहेको छ। साथै स्थान पनि झन्दै नजिकै रहेको छ ।

टोखा २ हलमाफ टोल निवासी राजेन्द्र श्रेष्ठको  बा ७३ प ३२९२ नम्वरको २२० सीसी कालो कलरको बजाजको पल्सर चोरी भएको हो । त्यस्तै टोखा २ इकुलाग टोलमा निवासी राजेन्द्र श्रेष्ठको बा ८० प १९२३ नम्वरको १५० सीसी कालो कलरको बजाजको पल्सर  मोटोरसाइकल घर अगाडीबाटै चोरी भएको हो ।

मोटरसाइकल मालिकहरुका अनुसार रातको करिव १ देखि ३ बजेको समय बीचमा उक्त चोरी भएको हो ।

यसरी बस्ती भित्रैबाट मोटर साइकल राता रात चोरी हुनुले स्थानीय बासिन्दाहरुमा त्रासको सिर्जना गरेको छ । त्यसो त दिन दाहारै मोटर साइकल चोरी समेत भएको घट्ना सेलाउन नपाउँदै एकाएक दुईवाट मोटरसाइकल चोरी हुनुले अब टोखाको बस्ती समेत असुरक्षित बन्दै गएको तथ्यलाई देखाउँछ ।

कसले चोरी गरेको भन्ने कुनै तथ्य थहा नभए पनि तीब्र रुपमा बस्ती भित्र आप्रवासीहरुको संख्या बर्दै जान्दा चोरीका घटनाहहरु समय समयमा हुने गरेको छ ।

चोरी तथा आपराधिक क्रियाकलापहरुलाई नियन्त्रण गर्न स्थानीय निकाय,प्रहरी प्रसाशन तथा स्थानीयबासीहरुले अब आफ्नो टोल बस्तीको सुरक्षाका लागि विशेष सुरक्षा संयन्त्रको व्यवस्था गर्नु पर्ने देखिन्छ ।

Facebook Comments

अन्तिम अपडेट: २७ फाल्गुन २०७६, मंगलवार १०:४१

तपाईको प्रतिक्रिया