टोखा नगरपालिकालाई साक्षर नगर घोषणा

 २८ फाल्गुन २०७६, बुधबार १३:५७   | सुबिन्द्र श्रेष्ठ

काठमाडौँ । टोखा नगरपालिकालाई साक्षर नगर घोषणा गरिएको छ ।

बुधवार टोखा नगरपालिकाले आयोजना गरेको कार्यालय भवनको शिल्यास तथा नगर साक्षर घोषणा कार्यक्रममा प्रमुख अतिथि नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्री माननीय ईश्वर पोखरेलले टोखा नगरपालिकालाई साक्षर नगरपालिका घोषणा गरिएको हो ।

टोखा नगरपालिकाका १५ देखि ६० वर्ष उमेर समूहको साक्षरता प्रतिशत ९८ पुगेकाले साक्षरता अभियान नगर समितिको बैठको शिफारीस तथा टोखा नगर कार्यपालिको मिति २०७६ फागुन २७ गतेको निर्णय अनुसार टोखा नगरपालिकालाई साक्षर नगरपालिका घोषणा गरिएको हो ।

बाँकी रहेका निरक्षरहरुलाई समेत आगामी दिनहरुमा साक्षर बनाउने प्रतिबद्धता समेत नगरपालिकाले लिएको छ ।

प्रकाशित मितिः २०७६ फागुन २८

Facebook Comments

अन्तिम अपडेट: २८ फाल्गुन २०७६, बुधबार १३:५७

तपाईको प्रतिक्रिया