कोरोना प्रभावः ‘बी’ डिभिजन तत्काल रोक्न राखेपको निर्देशन

 ४ चैत्र २०७६, मंगलवार १६:११   | सुबिन्द्र श्रेष्ठ

कोरोना प्रभावः ‘बी’ डिभिजन तत्काल रोक्न राखेपको निर्देशन

काठमाण्डौं । राष्ट्रिय खेलकृुद परिषद (राखेप) ले जारि ‘सहिद स्मारक बी डिभिजन’ लिग बन्द गर्न निर्देशन दिएको छ । कोरोना भाइरसको त्रासका बीच सञ्चालन भइरहेको बी डिभिजन लिग भोलि बाट स्थगित गर्न राखेपले निर्देशन दिएको हो । ‘कोरोनाको त्रास झन बढ्दो छ, यस्तो अबस्थामा फुटबल प्रतियोगिता सञ्चालन गर्नुहुँदैन’ राखेप सदस्य सचिव रमेश कुमार सिलवालले मेरो खेललाई बताए ।

‘तत्कालै बी रोक्न एनफालाई भनिसकिएको छ, भोलि बाट बी हुँदैन’ सिलवालले भने ।


गत साता खेलकुद मन्त्रालयले कोरोनाको त्रास बाट मुक्त नभए सम्म कुनै पनि खेलकुद गतिविधि नगर्न मातहतका निकायालाई पत्राचार गरेको थियो । तर मन्त्रालयको निर्देशनको वेवस्ता गर्दै बी डिभिजन लिग भने सञ्चालन भइरहेको छ ।

‘कोरोनाको त्रास फैलँदो छ’, सिलवालले भने ‘त्यतिबेला बी डिभिजनमा धेरै दर्शक थिएनन, कोरोनाको त्रास पनि अहिले जस्तो थिएन । त्यसैले सञ्चालन गर्दा कुनै फरक नपर्ने देखिएको थियो । तर भोलि बाट भने पुर्ण रुपमा बन्द गर्न निर्देशन दिएका छौँ ।’

राखेपले बी सहित देशभरका खेलकुद गतिबिधि तत्काल बन्द गर्न ह्विप जारी गरेको छ । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेश कुमार सिलवालको अध्यक्षतामा बसेको बैठकले तत्काललाई एक हप्ताका लागि सम्पूर्ण खेल गतिबिधी बन्द गर्ने र त्यस पश्चात परिस्थिती हेरेर अघि बढ्ने निर्णय गरेको हो । यसका साथै खेलाडी, प्रशिक्षक, खेल पदाधिकारी, कर्मचारीहरु, खेल संग सम्वन्धित ब्यक्तिहरु र आम जनमानसलाई पनि सचेतता अपनाउन परिषदले आव्हान गरेको छ ।

Facebook Comments

अन्तिम अपडेट: ४ चैत्र २०७६, मंगलवार १६:११

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया