चिनियाँ अध्ययन भन्छ- ब्लड ग्रुप एलाई कोरोनाको संक्रमण बढी, ओलाई कम

 ७ चैत्र २०७६, शुक्रबार १७:२०   | सुबिन्द्र श्रेष्ठ

चीनका मेडिकल अनुसन्धानकर्ताहरूले मानिसको रगत समूहका आधारमा कोरोना भाइरसको संक्रमण फरक-फरक हुने निष्कर्ष निकालेका छन्।

हङकङबाट प्रकाशित हुने साउथा चाइना मर्निङ पोस्ट समाचारपत्रका अनुसार कोभिड-१९ को उदगम थलो हुवेई प्रान्तको वुहान र सेन्जनमा गरिएको अध्ययनले ब्लड ग्रुप ए भएका मानिसमा यसको संक्रमण धेरै देखिने र रोग लागिसकेपछि अवस्था पनि गम्भीर हुने देखिएको छ। अर्कातिर ब्लड ग्रुप ओ भएका मानिसमा भने कोरोनाको संक्रमण कम हुने अध्ययनको प्रारम्भिक निष्कर्ष छ। -सेतोपाटीबाट साभार

Facebook Comments

अन्तिम अपडेट: ७ चैत्र २०७६, शुक्रबार १७:२०

तपाईको प्रतिक्रिया