बिस्का: जात्रा नरोक्न सर्वोच्चको अन्तरिम आदेश
२५ चैत्र २०७७, बुधबार १८:४९
काठमाडौं । विश्वभर फैलिएको कोरोना भाइरस संक्रमणको सम्भावित जोखिमलाई न्यून गर्न काठमाडौं उपत्यकाभित्र चल्ने सार्वजनिक सवारी बन्द गर्ने तयारी थालिएको छ ।
कोरोना भाइरस संक्रमण फैलिएमा सबैभन्दा बढी जोखिमको क्षेत्र सार्वजनिक यातायात हुने भएकाले काठमाडौं उपत्यकाभित्रको सवारीसाधन बन्द गर्ने तयारीमा सरकार जुटेको हो ।
सवारी बन्दकाे निर्णय गर्न उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकजारी छ । शुक्रबार साँझसम्ममा सार्वजनिक सवारीसाधन बन्द गर्ने निर्णय यस समितिले लिने प्रबल सम्भावना रहेको स्रोतले जनाएको छ ।
गत बुधबार समितिले कोरोनाको सम्भावित संक्रमण रोक्न सार्वजनिक सवारीसाधनमा सिट क्षमताभन्दा बढी यात्रु ओसारपसार नगर्न र सवारीसाधनमा चढ्दा अनिवार्य रूपमा मास्कको प्रयोग गर्न आग्रह गरेको थियो ।
त्यसैगरी यातायात व्यवस्था विभागले काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुको संख्यालाई मध्यनजर गर्दै सार्वजनिक सवारीको रुटपरमिट खुला गरेको छ ।
२५ चैत्र २०७७, बुधबार १८:४९
२१ चैत्र २०७७, शनिबार ०८:३८
१९ चैत्र २०७७, बिहीबार २१:०१
१९ चैत्र २०७७, बिहीबार १७:४१
१७ चैत्र २०७७, मंगलवार ०९:५९
१६ चैत्र २०७७, सोमबार २०:२९
१६ चैत्र २०७७, सोमबार १५:३२
१६ चैत्र २०७७, सोमबार १०:३५
१३ चैत्र २०७७, शुक्रबार १२:००
१३ चैत्र २०७७, शुक्रबार ०९:३९