सेतो मछिन्द्रनाथको रथयात्रा स्थगित

 ७ चैत्र २०७६, शुक्रबार १५:००   | सुबिन्द्र श्रेष्ठ

काठमाडौं । कोरोनाका कारण सेतो मछिन्द्रनाथको यात्रा पनि स्थगित भएको छ ।

रथयात्रा व्यवस्थापन समितिका संयोजक काठमाडौं महानगरपालिका-२५ का वडाध्यक्ष नीलकाजी शाक्यको अध्यक्षतामा गुठी संस्थानका अध्यक्ष मिनराज चौधरी र पुजारीहरुसहित सरोकारवालको उपस्थितिमा बसेको बैठकले स्थगित गर्ने निर्णय गरेको हो ।

यही चैत १९ गतेदेखि २१ गतेसम्म सञ्चालन हुने रथयात्राको सम्पूर्ण तयारी पूरा भए पनि सरकारले २५ जनाभन्दा धेरै जमघट नहुन भनेकोले स्थिगित गरिएको संयोजक शाक्यले जानसकारी दिए ।

Facebook Comments

अन्तिम अपडेट: ७ चैत्र २०७६, शुक्रबार १५:००

तपाईको प्रतिक्रिया