भोलिदेखि टोखा प्रहरी प्रशासन कडारुपमा उत्रिने, घरबाट ननिस्किन आग्रह

 १२ चैत्र २०७६, बुधबार २०:५७   | सुबिन्द्र श्रेष्ठ

काठमाडौँ । कोरोना भाइरस (कोभिड–१९)को संक्रमण विश्वभर महामारीका रुपमा फैलिरहेको छ । पछिल्लो तथ्याङ्क अनुसार यसबाट मृत्यु हुनेको संख्या १९,६७४ पुगिसकेको छ । भने नेपालमा आज १ जना गरी ३ जना संक्रमित भेतिएको छ ।

नेपाली आम जनताको स्वास्थ्यको ख्याल गर्दै प्रधानमन्त्री तथा रक्षामन्त्री ईश्‍वर पोखरेलको संयोकत्वमा रहेको कोभिड-१९ संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको सोमबारदेखि देशभर लक डाउनको घोषण गरेको थियो । 

सरकाले घोषणा गरेको लक डाउनको अवज्ञा गर्दै हिड्नेहरुको संख्या बढेपछि प्रहरी प्रशासन कडा रुपमा प्रस्तुत हुने भएको छ । बिना काम बाहिर हिड्ने र सवारी गुडाउनेहरुलाई कार्वाहिको कार्य अगाडी बढाइरहेको छ ।

भोलिबाट टोखा प्रहरी प्रभाग कडा रुपमा प्रस्तुत हुने भएको छ । आज साँझ टोखा नगरपालिकाका उपप्रमुख ज्ञानमाया डंगोल, २ र ३ वडाका अध्यक्ष द्वय दिपक राज जोशी र सिंहराज श्रेष्ठ, टोखा प्रहरी प्रभागका प्रहरी नायव निरिक्षक शोभित अर्याल लगायतको टोलिले म्याकिङ्ग गर्दै भोलिदेखि लक डाउनलाई कडाई बनाइने भन्दै अत्यावश्य कामकाजमा बाहेक घरबाहिर ननिस्किन अनुरोध गरेका थिए ।

उक्त अनुरोधलाई वेवास्ता गरी बाहिर निस्किएको खण्डमा प्रहरी प्रशासनले कार्वाहि गरेमा नगर तथा वडाका जनप्रतिनिधिले कुनै पनि सहयोग गर्न नसकिने समेत सूचित गरिएको थियो ।

Facebook Comments

अन्तिम अपडेट: १२ चैत्र २०७६, बुधबार २०:५७

तपाईको प्रतिक्रिया