आजबाट टोखा नगरपालिका १ मा क्वारेन्टाइन सञ्चालनमा

 १३ चैत्र २०७६, बिहीबार १६:०८   | सुबिन्द्र श्रेष्ठ

काठमाडौँ । टोखा नगरपालिका वडा नं. १ मा क्वारेन्टाइन सञ्चालन गरेको छ ।

वडा समन्वय समितिको निर्णय अनुसार वडा कार्यालय भवनसँगै रहेको स्वच्छ उपकार सहयोग संस्था ( स्वास्थ्य सेवा केन्द्र ) मा तत्कालका लागि ३ वेडको क्वारेन्टाइन सञ्चालनमा ल्याइएको वडा अध्यक्ष श्रीकृष्ण अधिकारीले बताउनु भयो ।

विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसका संक्रमितहरुबाट अरुमा नसरोस् भन्ने हेतुले संक्रमितहरुलाई मात्र छुट्टै स्थानमा राखि उपचार गर्ने उद्देश्यले क्वारेन्टाइन व्यवस्था गरिएको उनले बताए ।

उनले भने-आफ्नो वडाका जनताहरुको स्वास्थ्यलाई ध्यानमा राखि आवश्यता परे यस वडामा रहेको चारवटा विद्यालयसँग समन्वय गरेर क्वारेन्टटाइनको व्यवस्था मिलाइने छ ।

आजै टोखा नगरपालिकाका उपप्रमुख ज्ञानमाया डंगोलले उक्त क्वारेन्टटाइनको निरिक्षण समेत गरिएको थियो ।

प्रकाशित मितिः १३ चैत्र २०७६

Facebook Comments

अन्तिम अपडेट: १३ चैत्र २०७६, बिहीबार १६:०८

तपाईको प्रतिक्रिया