टोखा र नेपाली सेना गणपति गण बीच कोभिड १९ नियन्त्रण सहयोग विषयक छलफल

 १४ चैत्र २०७६, शुक्रबार २२:०४   | सुबिन्द्र श्रेष्ठ

काठमाडौँ । टोखा नगरपालिका र शिवपुरी राष्ट्रिय निकुञ्जमा अवस्थित नेपाली सेनाको दि फ्रेम महेन्द्र दल (गणपति गण)का प्रतिनिधि बीच कोडिभ १९ नियन्त्रण तथा आश्यक सहयोग आदानप्रदान बिषयक दुईपक्षीय छलफल सम्पन्न भएको छ ।

शुक्रबार टोखा नगरपालिका प्रमुखको कार्यकक्षमा भएको दुईपक्षीय छलफलका क्रममा हाल विश्वरी फैलिरहेको कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रण लागि टोखा नगरपालिकामा भैरहेको तयारी तथा भावि रणनीतिका बारेमा नगर प्रमुख प्रकाश अधिकारीले गणपति गणका प्रतिनिधिलाई जानकारी गराएका थिए ।

छलफलका क्रममा नेपाल सरकारले गरेको लकडाउनको अवज्ञा गरेर शिवपुरी राष्ट्रिय निकुञ्ज क्षेत्र भित्र उश्रृखल युवाहरुको प्रवेश बढिरहेको जनगुनासो गाएको भन्दै भविष्यमा हुनसक्ने सम्भावित दुर्घटनालाई रोक्न निकुञ्ज र त्यसका आसपास प्रवेश तथा हिडदुल गर्नेहरुमा निगरानी र कडाई गर्न नगरप्रमुख अधिकारीले आग्रह समेत गरेका थिए ।

गणपति गणका प्रमुख सेनानी दिपक कोइरालाले नगरपालिकालाई आवश्य परेको खण्डमा जुनसुकै बेलामा पनि सहयोग गर्न नेपाली सेना हर्दम तयार रहेको बताएका थिए ।

टोखा नगरपालिकाका उपप्रमुख ज्ञानमाया डंगोल समेत सहभागि रहेको उक्त दुई पक्षीय छलफलमा आगामी दिनहरुमा नगरपालिकाले गर्ने सामाजिक सुरक्षाका विषयमा एकअर्कासँग सहकार्य गरेर अगाडी बढ्ने दुईपक्ष बीच सहमति भएको थियो ।

Facebook Comments

अन्तिम अपडेट: १४ चैत्र २०७६, शुक्रबार २२:०४

तपाईको प्रतिक्रिया