टोखा नगरपालिका वडा नं २ लाई गजराज ट्रष्टको पीपीई सहयोग

 १८ चैत्र २०७६, मंगलवार १७:२१   | सुबिन्द्र श्रेष्ठ

न्यूज अफ टोखा, काठमाडौं । गजराज जोशी ट्रष्टले टोखा नगरपालिका वडा नं २ लाई १६ थान पीपीई सहयोग गरेको छ ।

मंगलबार टोखा नगरपालिका वडा नं २ को कोरोना भाइसर संक्रमण रोकथाम तथा नियन्त्रण समन्वय समितिको बैठकका क्रममा गजराज जोशी ट्रष्टका अध्यक्ष रामराज (मनिष) जोशीले वडा अध्यक्ष दिपकराज जोशीलाई उक्त पीपीई (पर्सनल प्रोटेक्टिभ इक्विप्मेट) सुरक्षा सामग्री हस्तान्तरण गरिएको हो ।

नोवल कोरोना भाइरस संङक्रमण नियन्त्रणमा खतिने स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीलाई उक्त पीपीई वितरण गर्न ट्रष्टका अध्यक्ष मनिष जोशीले आग्रह गरेका थिए । समाजलाई सुरक्षित बनाउने भनेका नै स्वास्थ्यकर्मी र सुरक्षाकर्मी भएको भन्दै पहिले उनिहरु सुरक्षित रहेमा हामी पनि सुरक्षित हुने जोशीले बताए ।

पीपीई ग्रहण गर्दै टोखा नगरपालिकाका वडा नं २ का अध्यक्ष दिपकराज जोशीले यसको यहि स्थानमा सदुपयोग गरिने बच्नदिदै गजराज जोशी ट्रष्टका अध्यक्ष तथा ट्रष्ट परिवारलाई सहयोग गरेकोमा धन्यवाद ज्ञापन गरेका थिए ।

त्यस्तै गरी ट्रष्ट न्युज अफ टोखा डट कमका पत्रकारलाई समेत एक थान पीपीई सहयोग गरेका थिए । अहिलेको यस भयाबहको समयमा खटिएर सुचना तथा समाचाहरु संकलन गरेर आम जनमानस सम्म सूचना पुर्‍याउने काम पत्रकारले गर्ने भएकाले उनीहरु पनि सुरक्षित हुनु पर्ने भन्दै उक्त पीपीई सहयोग गरेका थिए ।

यस अमुल्य सहयोग प्रति न्युज अफ टोखा डट कम परिवार उहाँ प्रति हार्दिक आभार ब्यक्त गर्दछ ।

Facebook Comments

अन्तिम अपडेट: १८ चैत्र २०७६, मंगलवार १७:२१

तपाईको प्रतिक्रिया