पत्रकारितामा अमूल्य योगदान पुर्याए बापत तीन पत्रकार सम्मानित
३० चैत्र २०७७, सोमबार ०७:२४
न्यूज अफ टोखा, काठमाडौँ । टोखा नगरपालिकाले आज वडा नं. ५ मा राहत बितरण गर्ने भएको छ ।
टोखा नगरपालिका वडा नं. ५ ले आज बिहान १० बजेदेखि राहत बितरण गर्ने र राहत बितरण टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले शुभारम्भ गर्नुहुने ५ नं. वडाका अध्यक्ष जगन्नाथ ढकालले जानकारी दिएका छन् ।
टोखा नगरपालिकाले नगरका सबै वडाहरुमा राहत बितरण गर्नका लागि अभिलेख तयार गरिसकेकोले तदारुकताका साथ राहत बितरण गर्नका लागि तयारी भैरहेको नगर प्रमुख प्रकाश अधिकारीले बताएका छन् ।
टोखा नगरपालिकाले कोरोना भाइरस (COVID-19) को संक्रमणबाट नगरबासीहरुलाई जोगाउन भएको लकडाउनका कारण प्रभावित भएका दैनिक ज्यालादारी गर्ने तथा विपन्न बर्गका व्यक्तिहरुलाई वडा कार्यालय मार्फत् राहत बितरण गर्न लागेको नगर प्रमुख अधिकारीले बताएका छन् ।
टोखा नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले लकडाउनको पूर्ण रुपमा पालना गर्न पनि नगरबासीहरुलाई आग्रह गरेका छन् ।
टोखा नगरपालिकाका प्रवक्ता बच्चु बस्यालले जनप्रतिनिधिहरुले विपन्न बर्गका व्यक्तिहरुको तथ्यांक संकलन गरिसकेको जानकारी दिनुहुदै आजदेखि राहत बितरण गर्न लागिएको जानकारी दिएका छन्।
३० चैत्र २०७७, सोमबार ०७:२४
२५ चैत्र २०७७, बुधबार १८:४९
२१ चैत्र २०७७, शनिबार ०८:३८
१९ चैत्र २०७७, बिहीबार २१:०१
१९ चैत्र २०७७, बिहीबार १७:४१
१७ चैत्र २०७७, मंगलवार ०९:५९
१६ चैत्र २०७७, सोमबार २०:२९
१६ चैत्र २०७७, सोमबार १५:३२
१६ चैत्र २०७७, सोमबार १०:३५
१३ चैत्र २०७७, शुक्रबार १२:००