पत्रकारितामा अमूल्य योगदान पुर्याए बापत तीन पत्रकार सम्मानित
३० चैत्र २०७७, सोमबार ०७:२४
न्यूज अफ टोखा, काठमाडौँ । टोखा नगरपालिका वडा नं ४ मा कोरोना संक्रमण रोकथाम तथा राहत वितरणका लागि मुख्य समिती र उपसमितिहरु निर्माण भएका छन।
शनिबार बागमती प्रदेश सरकारको प्रत्येक प्रदेस सभा निर्वाचन क्षेत्रमा अनुगमन समिति निर्माण तथा विपद व्यवस्थापनमा सहयोग गर्ने निर्णय अनुसार सभा सदस्य दीपक निरौलाको उपस्थितिमा टोखा – ४ का अध्यक्षभ धर्मेन्द्र श्रेष्ठको अध्यक्षतामा बसेको बैंठकले कोरोना संक्रमण रोकथाम तथा राहत वितरणका लागि मुख्य समिती र उपसमितिहरु निर्माण गर्ने निर्णय गरेका हुन् ।
बैठकमा प्रदेश सभासदस्य दीपक निरौला,टोखा -४ का वडा अध्यक्ष धर्मेन्द्र श्रेष्ठ ,वडा सदस्यहरु क्रमशः मधुकर बस्नेत, राम बहादुर ठकुरी, बबी नगर्ची, नगर कार्यपालिका सदस्य पार्वती अधिकारी , नगरकार्यपालिका सदस्य लक्ष्मी बहादुर श्रेष्ठ , नेकपा जिल्ला कमिटी सदस्य क्रमशः नारायण भाइ श्रेष्ठ र राम कृष्ण श्रेष्ठ ,नेकपा वडा प्रतिनिधि विष्णु श्रेष्ठ ,नेपाली काङ्ग्रेस प्रतिनिधि रबिन्द्र श्रेष्ठ ,राप्रपा प्रतिनिधि राम प्रसाद उपाध्याय ,युवा समाजसेवीहरु क्रमशः उमेश श्रेष्ठ ,कृष्णलाल श्रेष्ठ ,गङ्गालाल श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो।
मुख्य समितिमा संयोजक वडा अध्यक्ष ,सदस्यहरुमा प्रमुख राजनैतिक दलका प्रतिनिधिहरु १/१ जना र सबै सुरक्षा निकायका प्रतिनिधिहरु १/१ जना रहनेछ्न ।
साथै सबै उपसमितिहरु र भौगोलिक जिम्मेवारीको संयोजन वडा सदस्यहरु गर्नेछ्न भने सदस्यमा राजनैतिक दलका प्रतिनिधिहरु २/२ जना ,सुरक्षा निकाय,सामाजिक संस्था र युवा क्लबका प्रतिनिधि हरु रहनेछ्न ।
टोखा नगरपालिका वडा न. ४ को उप – समितिहरु
क) सुरक्षा उपसमिती
संयोजक-राम बहादुर ठकुरी
ख)खाद्यान्न उपसमिती
संयोजक-पार्वती अधिकारी
ग)स्वास्थ्य उपसमिती
संयोजक-मधुकर बस्नेत
घ)सुचना उपसमिति
संयोजक -बबी नगर्ची
यस अगाडि पनि बसेको सर्वदलीय बैठकबाट वडा सदस्यहरुको संयोजनमा भौगोलिक जिम्मेवारी बाड्फाड गरिसकिएको र सोही अनुरुप कार्य योजनाहरु तर्जुमा गरिएको बारे वडा अध्यक्ष धर्मेन्द्र श्रेष्ठले जानकारी गराउनु भएको छ ।
३० चैत्र २०७७, सोमबार ०७:२४
२५ चैत्र २०७७, बुधबार १८:४९
२१ चैत्र २०७७, शनिबार ०८:३८
१९ चैत्र २०७७, बिहीबार २१:०१
१९ चैत्र २०७७, बिहीबार १७:४१
१७ चैत्र २०७७, मंगलवार ०९:५९
१६ चैत्र २०७७, सोमबार २०:२९
१६ चैत्र २०७७, सोमबार १५:३२
१६ चैत्र २०७७, सोमबार १०:३५
१३ चैत्र २०७७, शुक्रबार १२:००