“डिस्इन्फेक्टेन्ट” अभियानमा युवा (भिडियो सहित)

 २४ चैत्र २०७६, सोमबार ०८:४२   | सुबिन्द्र श्रेष्ठ

न्यूज अफ टोखा, काठमाडौँ । विश्वभर महामारीको रुपमा फैलिरहेको नवोल कोरोना भाइरस (कोभिड-१९)बाट आफ्नो गाउँठाउँमा संक्रमण नहोस भन्ने उद्देश्यका साथ डिस्इन्फेक्टेन्ट किटनाषक औषधि छर्कने सामाजिक अभियानको रुपमा जागरुक यूवाहरु निरन्तर लागि परेका छन् ।

किरण श्रेष्ठ, लक्ष्य डंगोल, रामभक्त श्रेष्ठ, सुबिन्द्र डंगोल, सरोज श्रेष्ठ र रिजय श्रेष्ठको टोलि दैनिक रुपमा बस्ती भित्र र बाहिर डिस्इन्फेक्टेन्ट छर्किन बेस्त छन् । आफ्नो परिवार र सिंगो समाजको स्वास्थ्यलाई मध्य नजर गरी आफ्नै व्यक्तिगत लागतमा यी जुझारु युवाहरु निस्वार्थ भावनाले निरन्त्रर लागि परिरहेका छन् ।

सरकारले नवोल कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण गर्न देशभर लकडाउन घोषना गरिरहेको अवस्था छ । सबै घरभित्र बसिरहन्दा यी युवा टोलि भने आफ्नो बस्तीमा कोरोना भाइरस संक्रमण भित्रिन नदिन निरन्तर लागिपरिरहेको  अभियान टोलिका सदस्य लक्ष्य डंगोलले बताए।

स्थानीय सरकारले गर्नु पर्ने कार्यलाई यी युवा टोलिले आफ्नै बलबुट्टाले भ्याएसम्म निस्वार्थरुपमा सुरु गरेका थिए । यतिखेर यी यूवहरुले गरेको अनुकरणीय कार्यप्रति सिंगो टोखाबासीले मुक्तकण्ठले प्रशंसा गरिरहेका छन् । सबैको मन जित्न सफल यी सामाजिक अभियन्ताहरुको कार्यप्रति सहयोगिहातहरु पनि बिस्तारै बढिरहेका छन् ।

आफ्नो ठाउँबाट सक्नेले सकेजति सहयोग र साथ दिइरहेका छन् । श्रीकृष्ण चाकु प्रोड्क्शनले आफ्नो गाडी दिएर सहयोग गरेका छन् भने कसैले डिस्इन्फेक्टेन्ट ‍औषधि तथा समाग्री दिएर सहयोग गरिरहेका छन् । गजराज जोशी ट्रष्टका अध्यक्ष मनिष जोशीले चार थान पीपीई ब्यक्तिगत सुरक्षा समाग्री सहयोग गरिएको अभियान टोलिका सदस्य किरण श्रेष्ठले जानकारी दिए ।

यो अभियानमा लागि रहेका अभियन्ताहरु भन्छन् घरमै बसौँ आफु सुरक्षित हौँ र आफ्नो परिवार र समाजलाई सुरक्षित बनौँ ।

Facebook Comments

अन्तिम अपडेट: २४ चैत्र २०७६, सोमबार ०८:४२

तपाईको प्रतिक्रिया