नेपालमा एकैदिन थप १४ जनामा कोभिड-१९ सङ्क्रमणको पुष्ट‌ि

 ६ बैशाख २०७७, शनिबार ०९:३९   | सुबिन्द्र श्रेष्ठ

नेपालमा शुक्रबार एकैदिन कोरोना (कोभिड– १९)का १४ बिरामी थपिएका छन् । उदयपुरमा १२ र चितवनमा दुईजना थपिएपछि नेपालमा संक्रमितको संख्या ३० पुगेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार उदयपुरको भुल्केमा भेटिएका १२ संक्रमित भारतीय पुरुष हुन् । उनीहरूमध्ये चारजना २८ वर्षका, दुईजना २९ वर्षका र अन्य २०, २२, २५, २६, ३४ र ४० वर्षका छन् । संक्रमित भारतीयसँगै चार नेपाली पनि बस्दै आएका थिए । १६ जनाकै थ्रोट स्वाब परीक्षण गर्दा १२ मा संक्रमण देखिएको हो । 

त्यस्तै, चितवनका संक्रमित ६३ वर्षीया महिला र २७ वर्षीय पुरुष रहेको मन्त्रालयले जनाएको छ । उदयपुरमा भेटिएका संक्रमितको विराटनगरस्थित कोसी अस्पतालमा उपचार हुनेछ । चितवनका संक्रमितको भरतपुरस्थित कोभिड अस्पतालमा उपचार हुनेछ । 

Facebook Comments

अन्तिम अपडेट: ६ बैशाख २०७७, शनिबार ०९:३९

तपाईको प्रतिक्रिया