कोरोना सजकताः चाडपर्वको नाममा अनावश्यक रुपमा घरबाट बाहिर ननिस्कन टोखा न‍‍.पा. २ वडाको अनुरोध

 १० बैशाख २०७७, बुधबार २१:५१   | सुबिन्द्र श्रेष्ठ

न्युज अफ टोखा, काठमाडौँ । टोखा नगरपालिका वडा नं २ ले भोलि घराबाहिर ननिस्कन वडाबासीहरुमा अनुरोध गरेको छ ।


भोलि आमाको मुख हेर्ने दिन भएता पनि कोरोना भाइरसको संक्रमितको संख्या नेपालमा दिन प्रतिदिन बढिरहेको परिप्रेक्षमा आफ्नो वडाको सुरक्षामा ध्यानमा राखि यस्तो अनुरोध गरेको हो ।


आज साँझ वडाका जनप्रतिनिधि,स्वयम सेवक तथा पत्रकार साहितको टोलिले अत्यावश्यक काममा बाहेक घरबाहिर ननिस्कन म्याकिङ्ग समेत गरिएको थियो ।


भोलि नेपाल प्रहरीको विशेष गस्ती हुने टोखा नगरपालिका वडा नं २ का अध्यक्ष दिपकराज जोशीले बताउनु भयो ।

विषम परिस्थितिमा आधुनिक बिज्ञान तथा प्रविधिले दिएको सेवा तथा सुरविधालाई प्रयोग गर्न समेत २ वडा कार्यालयले सर्वसाधारणमा अनुरोध समेत गरिएको छ ।

नेपालमा कोरोना भाइरस तेस्रो चरणमा पुग्ने अवस्था भएकोले सकेसम्म आत्यावश्यक काम बाहेक घरबाट बाहिर नजिस्कोस भन्ने हाम्रो चाहाना भएको अध्यक्ष जोशीले बताउनु भयो ।

Facebook Comments

अन्तिम अपडेट: १० बैशाख २०७७, बुधबार २१:५१

तपाईको प्रतिक्रिया