झापाका ६२ वर्षीय बृद्धमा कोरोना पुष्टि, संक्रिमतिको संख्या ४९ पुग्यो

 १२ बैशाख २०७७, शुक्रबार २१:०७   | सुबिन्द्र श्रेष्ठ

न्यूज अफ टोखा,काठमाडौं । स्वास्थ्य मन्त्रालयले थप एक जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता समीरकुमार अधिकारीले झापा निवासी ६२ वर्षीय पुरुषमा थप नयाँ संक्रमण देखिएको बताए ।

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पीसीआर विधिबाट परीक्षण गर्दा उनको रिपोर्ट पोजिटिभ देखिएको हो ।

हाल उनी आइसोलेसनमा उपचार्रार्थ रहेका र स्थिति सामान्य रहेको सहप्रवक्ता अधिकारीले बताए ।


Facebook Comments

अन्तिम अपडेट: १२ बैशाख २०७७, शुक्रबार २१:०७

तपाईको प्रतिक्रिया