टोखा न.पा-२: लकडाउन भएको ३८ औँ दिनमा बल्ल इन्फ्रारेड थर्मोमिटर

 १८ बैशाख २०७७, बिहीबार १५:४०   | सुबिन्द्र श्रेष्ठ

न्यूज अफ टोखा, काठमाडौँ । बिश्वब्यापी महामारी कोरोना भाइरस नियन्त्रणका लागि नेपाल सरकारद्वारा जारी गरेको लकडाउनको ३८ ‌औं दिनपछि टोखा नगरपालिका वडा नं २ मा ज्वरो नाप्ने इन्फ्रारेड थर्मोमिटर आइपुगेको छ ।


ग्राण्डी अन्तरार्ष्ट्रिय अस्पतालका कार्यकारी निर्देशक डा. चक्रराज पाण्डेले बिहिवार टोखा नगरपालिका वडा नं २ का अध्यक्ष दिपक राज जोशीलाई एक थान ज्वरो नाप्ने इन्फ्रारेड थर्मोमिटर हस्तान्तरण गरिएको हो ।

वडाको विशेष अनुरोधमा ग्राण्डी अस्पतालले उपलब्ध गराएको उक्त इन्फ्रारेड थर्मोमिटर आवश्यकताको आधारमा आफ्नो वडामा सदुप्रयोग गरिने वडाध्यक्ष दिपक राज जोशीले बताए ।
टोखा नगरपालिकामा इन्फ्रारेड थर्मोमिटर भएको एक मात्र स्थानीय निकाय टोखा न.पा. २ भएको समेत उनले जानकारी दिए ।


ढिलै भएपनि इन्फ्रारेड थर्मोमिटर उपलब्ध गराएकोमा ग्राण्डी अस्पताल परिवारप्रति आभार ब्यक्त गर्दै उनले भने,-” ग्राण्डी अस्पतालले केहि दिन भित्रमा फेरी अर्को केही थान इन्फ्रारेड थर्मोमिटर  वडालाई उपलब्ध गराउने बाच्चा गरेको छ ।”

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि विशेष रुपमा ज्वरो नाप्न प्रयोग हुने इन्फ्रारेड थर्मोमिटरको बजारमा अभावका कारण टोखा नगरपालिकाले हालसम्म आफ्नो नगरका स्वास्थ्य केन्द्र तथा चौकिहरुमा व्यवस्था गर्न सकिरहेको छैन ।

Facebook Comments

अन्तिम अपडेट: १८ बैशाख २०७७, बिहीबार १५:४०

तपाईको प्रतिक्रिया