नेवाः पत्रकार कोषले प्रेस ज्याकेट सहयोग गर्दै

 १९ बैशाख २०७७, शुक्रबार १६:३७   | सुबिन्द्र श्रेष्ठ

न्यूज अफ टोखा, काठमाडौँ ।लक डाउनका कारण पत्रकारिता पेशामा केही समस्या उत्पन्न भएको छ । यही कुरालाई ध्यानमा राखी मोफसलका पत्रकारहरु जो मूलधारमा पर्दैनन् । उनीहरुलाई लक्षित गर्दै नेवाः पत्रकार कोषले प्रेस ज्याकेट, मास्क लगायतका सुरक्षा सामग्री वितरण गर्न थालेकोछ ।

नेवाः पत्रकार कोषका अध्यक्ष कुमार रञ्जितले पहिलो चरणमा टोखा, साँखु, लगायतका स्थानमा रहेका नेवार पत्रकारहरुलाई सुरक्षा सामग्री वितरण गर्नुभएको थियो भने आगामी दिनमा थप सुरक्षा सामग्री वितरण गर्ने लक्ष्य राखेका छन् ।

उहाँले पत्रकारहरु अग्रमोर्चामा रहेर समाचारको खोजीमा दौडिनुपर्ने हुँदा उनीहरुको सुरक्षाका साथै इम्युनिटी पावर बढ्ने होमियोपेथिक औषधी समेत उपलब्ध गराउन थाल्नुभएको छ 

Facebook Comments

अन्तिम अपडेट: १९ बैशाख २०७७, शुक्रबार १६:३७

तपाईको प्रतिक्रिया