जिल्लाभित्र सवारी चलाउने पास पनि खारेज गर्ने गृह मन्त्रालयको निर्णय

 १ जेष्ठ २०७७, बिहीबार १८:३४   | सुबिन्द्र श्रेष्ठ

काठमाडौं । सवारी पास लिएका हिँडेका व्यक्तिमा पनि कोरोनाको संक्रमण देखिन थालेपछि गृहले थप कठोर बन्ने निर्णय गरेको छ । ।

गृह मन्त्रालयले जिल्लाभित्र सवारी सञ्चालन गर्न दिइएको पास पनि खारेज गर्ने निर्णय गरेको छ ।

गृहमा बिहीबार बसेको बैठकले जिल्लाभित्र लागू हुने गरी प्रशासनले वितरण गरेको पास पनि खारेज गर्ने निर्णय गरेको हो । गृह मन्त्रालयका उप–सचिव उमाकान्त अधिकारीले  भने, ‘शनिबारबाट लागू हुने गरी यो निर्णय गरेका हौं ।

Facebook Comments

अन्तिम अपडेट: १ जेष्ठ २०७७, बिहीबार १८:३४

तपाईको प्रतिक्रिया