टिचिङ अस्पतालमा ६ वर्षीया बालिकामा कोरोना

 १ जेष्ठ २०७७, बिहीबार १२:३७   | सुबिन्द्र श्रेष्ठ

न्यूज अफ टोखा, काठमाडौँ, १ जेठ ः काठमाडौंको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल (टिचिङ अस्पताल)मा उपचाररत ६ वर्षीया बालिकामा कोरोना संक्रमण देखिएको छ । ६ दिन अगाडि उनी कपिलवस्तुबाट उपचार गर्न काठमाडौं आएकी थिइन् ।

उनमा कोरोना पुष्टि भएपछि टिचिङ अस्पतालको न्यूरो वार्ड सिल गर्ने तयारी गरिएको छ ।बालिका टिचिङ अस्पतालको न्यूरो वार्डमा उपचाररत छिन् ।

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका कोभिड-१९ व्यवस्थापन समितिका संयोजक डा. सन्त कुमार दासले कपिलवस्तुबाट उपचार गर्न ल्याइएकी ६ वर्षीया बालिकामा कोरोना संक्रमण भएको पुष्टि गरे ।

Facebook Comments

अन्तिम अपडेट: १ जेष्ठ २०७७, बिहीबार १२:३७

तपाईको प्रतिक्रिया