नीति तथा कार्यक्रममा सांसदले गरेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री (लाइभ)

 ६ जेष्ठ २०७७, मंगलवार १२:५४   | सुबिन्द्र श्रेष्ठ

नीति तथा कार्यक्रममा सांसदले गरेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री (लाइभ)

न्यूज अफ टोखा

६ जेठ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफलका क्रममा उठेका प्रश्नहरूको संसदमा जवाफ दिइरहेका छन्। 

नीति तथा कार्यक्रममा ११२ जना सांसदले राखेका प्रश्न र सुझाबालाई समेटेर जवाफ दिइरहेका हुन्।  राष्ट्रपति विद्यादेवी भण्डारीले २ जेठमा संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सरकारको आर्थिक वर्ष २०७७र७८ को नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन्। 

आजकै बैठकमा नीति तथा कार्यक्रममाथि सांसदहरूबाट प्राप्त संशोधनहरूलाई निर्णयार्थ प्रस्तुत गरिनेछ। त्यसपछि राष्ट्रपतिबाट प्रस्त्तुत नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रमलाई सभामुखले निर्णयार्थ प्रस्तुत गर्नेछन्।


Facebook Comments

अन्तिम अपडेट: ६ जेष्ठ २०७७, मंगलवार १२:५४

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया