कोरोना जितेर आज ४ जना घर फर्के

 ८ जेष्ठ २०७७, बिहीबार १८:२९   | सुबिन्द्र श्रेष्ठ

न्यूज अफ टोखा, काठमाडौं ।  काठमाडौँको टेकुस्थित सरुवा रोग अस्पतालमा उपचार गराइरहेका चार जना कोरोना भाइरसका संक्रमित बिहीबार संक्रमण मुक्त भएर डिस्चार्ज भएका छन्।


उनीहरुलाई नौ दिनको अस्पताल बसाइपछि डिस्चार्ज गरिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित प्रेस ब्रिफिङमा जानकारी दिए।


टेकु अस्पतालमा उपचाररत उनीहरुको पछिल्लो रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको डा. देवकोटाले जानकारी दिए।


योसँगै नेपालमा कोरोना संक्रमण निको भएर घर फर्किनेको संख्या ४९ पुगेको छ।
यस्तै कोरोना संक्रमणका कारण अहिलेसम्म ३ जनाको निधन भएको छ। अहिलेसम्म ४५३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

Facebook Comments

अन्तिम अपडेट: ८ जेष्ठ २०७७, बिहीबार १८:२९

न्यूज अफ टोखामा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई newsoftokha@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ ।  साथै हाम्रो  अनलाइन टिभी टोखा दर्शनका साथै हामीसँग तपाईं फेसबुक र ट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

 

तपाईको प्रतिक्रिया